About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
पीसीआर मेसिन वीरगञ्ज आईपुग्यो, अन्य उपकरणहरु नहुँदा तत्काल कोरोना संक्रमण परीक्षण गर्न नमिल्ने

खोज केन्द्र बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना संक्रमण परीक्षण गर्ने प्रयोगशालाका लागि आवश्यक पर्ने पीसीआर मेसिन वीरगञ्ज ल्याइएको छ । तर अन्य उपकरणहरु नहुँदा तत्काल कोरोना संक्रमण परीक्षण गर्न नमिल्ने अधिकारीहरुले बताएका छन् ।

प्रदेश–२ सरकारले वीरगञ्जलाई उपलब्ध गराउने भनेको पीसीआर मेसिन बुधबार राति अबेर आइपुगेकोे नारायणी अस्पतालका अधिकारीले बताएका छन् ।

सामाग्री जुटाउन पहल भइरहेको नारायणी अस्पतातालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । ‘प्रदेश र संघ सरकारको विशेष सहयोगले वीरगञ्जमा पीसीआर मेसिन त आइपुगेको छ’ उनले भने ‘मलेकुलर ल्याब अति संवेदनशील ल्याब हो, सञ्चालनमा ल्याउन चाहिने अन्य औजार उपकरणको व्यवस्थापन भइनसकेको अवस्था छ । त्यसका लागि पहल भइरहेको छ ।’

ल्याब सञ्चालनमा ल्याउन बायोसेफ्टी क्याबिनेट, लेमिनर एयर फ्लो, डिफ्रिज, पीसीआर हुड, कोल्ड सेन्टिफ्रिजलगायत औजार उपकरण आवश्यक पर्ने विज्ञ बताउँछन् ।

‘आवश्यक औजार उपकरण बजारमा सहजै पाईदैन, आयातकर्ता पनि कम छन्, समान महंगो छन्’ मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले भने, ‘त्यसैले तत्कालै मेसिन सञ्चालनमा ल्याउन सकिदैन, समान जुट्यो भने ५/७ दिनमा सञ्चालनमा ल्याउन सकिन्छ ।’

आवश्यक औजार, उपकरणको व्यवस्था मिलाइदिन प्रदेश २ का मुख्यमन्त्री, स्वास्थ्य मन्त्रालयका अधिकारी लगायत अन्य सरोकारवाला निकायलाई आग्रह गराइसकिएको उनले बताए ।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले वीरगञ्जमा मंगलबारबाट कोरोना परीक्षण सेवा शुरु हुने दावी गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]