About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
लाशबाट पनि कोरोना संक्रमण

खोज केन्द्र बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ यस्तो भाइरस हो जुन मानिसबाट मानिसमा सरिरहेको छ । चीनको हुवान शहरमा पहिलो पटक सन् ३१ डिसेम्बर २०१९ मा देखिएको यो भाइरस साढे तीन महिनामा विश्वभर फैलिसकेको छ ।

व्यक्तिबाट व्यक्तिमा सर्ने यो भाइरस निकै खतरनाक मानिएकाले विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ । हुवानबाट सुरु भएको यो भाइरस अहिले विश्वका शक्तिशाली राष्ट्रमा समेत फैलिसकेको छ ।

निकै नै तीव्र गतिमा फैलिरहेको यस भाइसरका कारण दिनप्रतिदिन संक्रमित हुने र मृत्यु हुनेको संख्यामा पाँच गुणाले वृद्धि भइरहेको छ । कोरोना संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा सर्दै आएको यो भाइरस अहिले मृत शरीरबाट पनि फैलिन थालेको वैज्ञानिकले दावी गरेका छन् ।

मिररडटकोडटयुकेमा प्रकाशित रिपोर्टका अनुसार जर्नल अफ फरेन्सिक एन्ड लिगल मेडिसिन अध्ययनमा थाइल्याण्डमा शबको जाँच गरिरहेका मेडिकल प्रोफेसनलमा कोरोना संक्रमित भएको छ । जुन पहिलो पटक प्रमाणीत भएको हो । यसरी पहिलो पटक मृत शरीरबाट स्वस्थ व्यक्तिमा कोरोना संक्रमण भएको छ ।

जर्नल अफ फरेन्सिक एन्ड लिगल मेडिसिन स्टडीका अनुसार मार्च महिनामा नै मृत शरीरको माध्यमबाट मेडिकल एग्जामिनर संक्रमित भएका थिए । यो अध्ययन रिर्पाेट चीनको हेनान मेडिकल युनिभर्सिटीको विरोज भिवानिटकिट र बैंककको आरविटी मेडिकल सेन्टरका वान श्रीविजितलईले प्रकाशित गरेका छन् ।

यसअघि थाइल्याण्डको विभिन्न शवगृहले कोरोना भाइरसबाट ग्रसित बिरामीको अन्तिम संस्कार गर्नबाट अस्विकार गरेका थिए । त्यसपछि २५ मार्चमा थाइल्याण्डको डिपार्टमेन्ट अफ मेडिकल सर्भिसेजका प्रमुखले शबबाट कोरोना भाइरस संक्रमण नफैलेको दावी गरेका थिए । यस अध्ययनपछि स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन्, की कोरोनाबाट संक्रमित बिरामीको शरीरको सम्पर्कमा आउने सबै मानिस र शव घरमा काम गर्नेहरू पनि कोरोना  संक्रमित हुन सक्ने भएकाले व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराउनुपर्छ । अन्यथा कोरोनाले ती सबैको ज्यान जोखिममा पर्न सक्छ ।

यता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमित बिरामीको मृत शरीरबाट कोरोना संक्रमण फैलन सक्ने आशंका निकै कम हुने जनाएको छ । संक्रमितको फोक्सोको सम्पर्कबाट टाढा रहन पनि भनिएको छ । डब्लूएचओले कोरोना संक्रमितको मृत्युपछि अन्तिम संस्कारको बेला सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।

उसोत अहिलेसम्म यो विषयमा कुनै ठोस जानकारी दिइएको छैन, की कोरोनाका कारण मृत्यु भएकाहरूको सम्पर्कमा आएर कति मानिस कोरोना संक्रमित भएका छन् । (एजेन्सीको सहयोगमा)

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]