About Contact
०९ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
प्रदेस २: सीमामा सतर्कता र परीक्षण चुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

खोज केन्द्र बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमामा सतर्कता र स्वास्थ्य परीक्षणमा तदारुकता देखाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री निवासमा प्रतिपक्षी दलका नेतासहितको निर्देशक समितिको बैठकपछि मुख्यमन्त्री राउतले सुरक्षा निकाय एवं स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री राउतले खुला सिमानाका कारण प्रदेशमा कोरोनाको त्रास बढेको हुँदा सीमा नाकामा थप कडाइ गर्न सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले बताएको छ ।

सुरक्षामा चाहिने सामग्री तुरुन्त उपलब्ध गराउन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सुझाउँदै उनले स्वाब परीक्षणमा तीव्रता दिन समेत भनेका छन् ।

स्वाब परीक्षण लगायत काममा तदारुकताका साथ काम गर्न आग्रह गर्दै कोरोना नियन्त्रणका लागि रकमको अभाव हुन नदिने प्रतिबद्धता समेत मुख्यमन्त्री राउतले व्यक्त गरेका छन् ।

बैठकमा मुख्य प्रतिपक्षी नेपाली कांग्रेसका नेता रामसरोज यादव, नेकपाका प्रदेशसभा सदस्य शत्रुधन महतो, प्रमुख सचिवसहित सबै मन्त्रालयका सचिव, स्वास्थ्य सल्लाहकार समूहका पदाधिकारी, चारओटै सुरक्षा निकायका प्रदेश प्रमुख लगायत उपस्थित  थिए ।

सम्बन्धित

ताजा अपडेट
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]