About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
सिमामा सशस्त्र प्रहरी

खोज केन्द्र बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपालमा लकडाउनको अवधि थप गरिएको अवस्थामा स्थानिय सुरक्षानिकायहरुले सर्वजनिक ठाउहरुमा भिड भाड हुन नदिन र लकडाउन पालना गर्न जनचेतना को लागी माईकिंग गर्नु का साथै अनावश्यक भिड गरेर हाट बजार समेत लगाउन निषेध गरियेको अवस्थामा जहा एक टोल को व्यक्ती अर्को टोलमा प्रवेश मा रोक लगाइएको छ त्यही नेपाल भारतको खुला सिमानाको फाइदा उठाउँदै कोही कोरोना संक्रमित नेपाल प्रवेश गर्न सक्ने उच्च जोखिममा रहेको सुनसरीको केहि गाविसहरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सतर्कता अपनाउँदै २४ घण्टे ड्युटी गर्नेक्रममा प्रहरीहरु आफैं असुरक्षित भएको महसुस गर्न सकिन्छ ।

अहिले नेपालमा पनि तबलिकी जमात बाट फर्किएका व्यक्तिहरुमा संक्रमण देखिनु र भारत सरकारले त्यस्ता व्यक्तिहरुको खोजीकार्यलाई तीव्रता दियेको हुनाले कोही पनि नेपाल प्रवेश हुन नदिन सशस्त्र प्रहरीहरु कडा रुपमा प्रस्तुत भयेको देख्न सकिन्छ । सोही क्रममा तब्लिकी जमात बाट नेपाल प्रवेश गरेका मध्ये सप्तरीमा थप दुई जनाको आरडिटी रिपोर्ट पोजेटिभ आयेको छ ।

संवेदनशील रहेको सुनसरीको खुल्ला सिमानाहरुमा घुस्की, कप्तानगन्ज, साहेबगंज र अमरुवामा सशस्त्र प्रहरी बल बॉर्डर आउट पोस्टहरुले नेपालीहरुको श्वास्थ्यका लागी ड्युटी गरिरहेको स्थानहरुमा सबै तिर घना मकै को खेतीहरु रहेकोले अहिलेको बद्लिदो मौसम का कारण दिनभरी को लागी ठिकै भयेपनि रातको समयमा पानी पर्नु, सर्पहरु निस्किनु देखी लियेर लामखुट्टेको आतंकको सिकार हुनुपरेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]