About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
सिरहामा प्रहरीको ज्यादती बढ्यो: प्रहरी र स्थानीयबीच झडपपछि धरपकड हुने डरले गाउँ छाडे स्थानीयले

खोज केन्द्र मंगलबार, बैशाख ०२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

लकडाउनको निगरानी गर्न पुगेका प्रहरी बिनाकारण गाउँलेलाई कुटेपछी सिरहा प्रहरीको ज्यादती बाहिर आएको हो ।

प्रहरीको ज्यादतीलाई प्रतिकार गर्दै स्थानियले ढुंगामुढा गरेपछी प्रहरीले १४ जनालाई गिरफ्तार गरेपछि सिराहाको दक्षिणी सीमावर्ती गाउँ पर्टेवाको गोइतटोलका अधिकांशले गाउँ छाडेका छन् ।

सिराहा नगरपालिका– १७ मा रहेको गाउँमा प्रहरीले थप धरपकड गर्ने डरले गाउँलेहरू घरमा ताला लगाएर अन्यत्र आफन्तकहाँ गएका छन् ।

जुडशितल पर्वमा घरमा पूजापाठ गर्ने परम्परा रहँदै आए पनि प्रहरीले थप धरपकड गर्ने त्रासका कारण उनीहरूले घर छाडेको स्थानीय सवितादेवी यादवले बताइन् ।

आफ्नो घरमा पनि प्रहरी सोधपुछ गर्न आएको भन्दै उनले टोलमा प्रहरीको त्रास भएको बताइन् ।

यस्तो छ प्रहरीको ज्यादती घटना

हिजो सोमबार साँझ उच्च रक्तचापका बिरामी पूर्वशिक्षक गंगानारायण यादवलाई गाउँकै मेडिकल विद्यार्थी रामकुमार यादवले औषधि सेवनबारे सम्झाउँदै थिए ।

त्यहीवेला प्रहरी टोली लकडाउनको निगरानी गर्दै उक्त स्थानमा पुगेको थियो । प्रहरीले रामकुमारलाई लाठी प्रहार गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

स्थानीयको ढुंगामुढाबाट प्रहरीको दुईवटा पिकअपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।

ढुंगामुढा लागेर प्रहरी प्रवक्ता डिएसपी विनोद घिमिरे, प्रहरी जवान दिनेशकुमार श्रेष्ठलगायत घाइतेसमेत भए । स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड हवाई फायर गर्नुका साथै १४ जनालाई पक्राउसमेत गरेको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता चिकित्सक कृष्णा यादवले प्रहरीको बढ्दो ज्यादतीले स्थानिय निकै पिडित बनेको सुनाए । प्रहरीले जथाभावी धडपकड गर्ने र स्थानियलाई बदनियत पूर्णतरिकाले कुटपिट गरेको प्रति निकै चिन्ता ब्यक्त गरे ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected].com