About Contact
०४ माघ २०७७, आइतबार
Close
बिज्ञापन
नेपालमा भाइरस संक्रमित संख्या १६, अपार्टमेन्ट शिल

खोज केन्द्र मंगलबार, बैशाख ०२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सोमबार साँझ कोरोना भाइरसकाे आशंका भई पाटन अस्पताल भर्ना भएका तीन मध्ये २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । याे सँगै नेपालमा भाइरस संक्रमित संख्या १६ पुगेकाे छन ।

पाटन अस्पताल भर्ना भएका उनीहरुको पिसिआर प्रविधिबाट परीक्षणमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार तीनै जनाको रिपोर्ट पोजेटिभ देखिएको हो।

बेलायतबाट फर्केर काठमाडौंमा बसेका उनीहरुको र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो । उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन ।

आरडिटी टेष्टमा पोजेटिभ देखिएपछि उनीहरुलाई सोमबार नै अस्पताल भर्ना गरिएको हो । उनीहरुमा संक्रमण पुष्टि भएसँगै अपार्टमेन्टमा बस्ने करिब पाँच सय परिवारका १८ सय जना जोखिममा परेका छन् । साथै उनीहरुबाट थप व्यक्तिमा संक्रमण भएको हुनसक्ने भएकाले उपत्यका नै जोखिममा छ ।

अपार्टमेन्ट शिल भइसकेको छ । त्यहाँ बस्नेको सबैको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ । धेरैले लिफ्ट प्रयोग गर्ने भएकाले त्यसबाटै संक्रमण भएको आशंका गरिएको छ । तीन जना गत ५ चैतमा कतार एयरलाइन्सबाट आएका थिए । एयरलाइन्सका अन्य यात्रुको पनि खोजि सुरु भएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: धनुषा, सिरहा र महोत्तरीमा सोलार प्लान्ट बाट ११७ मेगावाट विद्युत्
भारतमा कोरोना भ्याक्सिन लगाउन शुरु
मधेसवादीको दोहोरो चरित्र: पहिला संविधान जलाउने, अहिले संविधान जोगाउने

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]