नेपालमा संक्रमितको संख्या १३ पुग्यो
धनगढी, १ वैशाख । कैलालीको लम्की चुहामा ५५ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण भेटिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।
शनिबार बीरगंजको एक मस्जिदमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको थियो भने आइतबार कैलालीमा देखिएको हो । २ दिनमा कोरोना संक्रमित ४ थपिएका छन् । यसले नेपालमा पनि क्रमशः कोरोना संक्रमण फैलिने त्रास बढेको छ ।
१७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेकी महिलामा कोरोना पोजेटिभ देखिएको हो । ।
वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।