आजदेखि नयाँ वर्ष २०७७ प्ररम्भ भएको छ । नेपाली नयाँ बर्षको सबैले शुभकामना साटासाट गरिरहेका छन ।
लकडाउनका कारण यसपटक घरभित्रै बसेर भएपनि नेपालीले आफ्नो नयाँ बर्षलाई खुशीका साथ स्वागत गर्ने तयारी गरेका छन ।
कोरोना महामारीका कारण विश्वमा ठूलो क्षति भइरहेपनि नेपालमा भने अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन ।
विदेशमा रहेका केही नेपालीको मृत्यु भएपनि नेपालमा अहिलेसम्म १२ जनामा मात्रै संक्रमण देखिएकाले खासै ठूलो दुःख मनाउ गर्नु परेको देखिदैन । यसकारण पनि सामाजिक सञ्जालमार्फत धेरैले खुलेरै शुभकामना साटासाट गरिरहेका छन ।
खासगरी नयाँ बर्षलाई नयाँ काम गर्ने प्रतिज्ञाका रुपमा लिइन्छ । घरको भित्तामा पात्रो फेरिएसँगै दैनिकी, जीवनको नयाँ लक्ष्य, उद्धेश्य र संघर्ष शुरु हुने धेरैको बुझाई हुन्छ ।
कतिपयले नयाँ बर्षलाई सुखको बर्ष मान्छन । कतिपय भने पुरानै दैनिकीबाट बाहिर आउन पनि नयाँ बर्ष कुर्छन ।
आखिर जे होस, नयाँ बर्ष नयाँ नै हुने गर्छ । यस्तो बेला धेरै नेपाली घुमघामका लागि नयाँ नयाँ ठाउँ निस्कने गर्छन । तर यसपटक भने कोरोना भाइरसको महामारीका कारण लकडाउनले कही कतै घुम्न जान पाइएको छैन ।
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा लकडाउन तत्कालै खुल्ने सम्भावना पनि छैन । यस्तो बेलामा घर वा कोठाबाटै नयाँ बर्षको शुभकामना दिनु बाध्यता बनेको छ ।
लकडाउनका कारण यस बर्ष खासै बार्षिक गतिविधिलाई धेरैले समीक्षा गर्न पाएका छैनन् । तर धेरैले शुभकामना साटासाट गर्दा साथीभाईसँगको भेटघाट, गफगाफमा कही कतै भुल, गल्ती वा मन दुखाउने काम भए माफी दिन आग्रहका साथ सामाजिक सञ्जालबाटै शुभकामना आदानप्रदान गर्दै आइरहेका छन् ।