हिजो कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा उपप्रधानमन्त्रीको हैसियतले संविधान संशोधन गर्नका लागि संविधान विज्ञहरुको एउटा कार्यदल बनाउने र कार्यदलले सुझाव दिएको आधारमा सबै राजनीतिक दलहरु बसेर छलफल गरेर संविधान संशोधन गर्ने गरी संसदमा प्रक्रिया अगाढि बढाउन क्याबिनेटमा प्रस्ताव प्रस्तुत गर्दा अस्वीकार भयो।
प्रधानमन्त्रीजीले ठाडै अस्वीकार गर्नुभयो। त्यसकारण नैतिकताका आधारमा हाम्रो पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
(राजीनामा दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव)