About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
राहत वितरणमा स्थानिय तहको ब्यापक भ्रष्टाचार

खोज केन्द्र आइतबार, चैत्र ३०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनबाट गरिव तथा विपन्न परिवार भोकभोकै मर्न नपरोस् भनेर वितरण गरिएको राहतमै घोटला गरिएको पाइएको छ ।

नवलपरासीको रामग्राम नगरपालिकामा राहत वितरण गर्दा कुहिएको चामल, म्याद नाघेको खाद्यान्न र तोकिए भन्दा कम तौल खाद्यान्न वितरण गरेर घोटला गरेपछि यसको सर्वत्र आलोचना भएको छ ।

पूर्वी र पश्चिम नवलपरासी गरी दुई जिल्ला रहेको नवलपरासीको १५ वटा स्थानीय तहहरुमा कतै खानै नपुग्ने गरी निकै कम राहत वितरण गरिएको छ भने कतै म्याद नाघेका र कुहिएका खाद्यान्न वितरण गरिएको छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कुहिएका चामल र म्याद नाघेका खाद्यान्न वितरण भएको पाइएपछि स्थानीयले विरोध स्वरुप त्यसलाई नगरपालिकाको गेट अगाडि नै राहत सामग्री फालिदिएका थिए ।

राहत वितरण घोटला भएपछि रामग्राम नगरपालिकामा अहिले राहत वितरण राकिएको छ । रामग्राम नगरपालिकामा अहिले राहत वितरणमा घोटला छानविन गर्नका लागि छानविन समिति समेत गठन गरिएको छ ।

त्यस्तै कतिपय स्थानीय तहमा वडाले गरिव विपन्न नभनेर राहत वितरणका लागि नाम टिपेर पठाएको भन्दा कम संख्यामा राहत पठाएपछि गरिव तथा विपन्नहरुले राहत नपाएको गुनासो गरेका छन् ।

पूर्वी नवलपरासीको कावासोती १६ सुन्दरवस्तीमा ३० घर विपन्न परिवार रहेका छन् । यहाँ रहेका सबै मजदुरी गरी खाने सुकुम्बासी परिवार हुन् । यहाँ वडाले सबै घरको नाम टिपेर लगे पनि आधाले मात्र राहत पाएको स्थानीयले गुनासो गरेका छन् ।

कावासोती ३ का वडाअध्यक्ष अमृत श्रेष्ठले वडाले पठाएको संख्या भन्दा कम संख्यामा राहत आएपछि वितरणमा समस्या भएको बताए ।

कावासोती नगरपालिकामा कतिपय सम्पन्न परिवारले पनि राहत लगेको र कतिपय विपन्न परिवारले समेत राहत नपाएको उनीहरुको गुनासो छ । त्यसमाथि राहत निक्कै कम अर्थात प्रति परिवार १५ किलो चालम भए पनि कतिपय नाममात्रको राहत किन लिन भन्दै अस्वीकार गरेका छन् ।

यसैबीच बर्दघाट नगरपालिकामा लकडाउनका बेला खुलेका अत्यावश्यक सामग्री अर्थात खाद्यान्न पसलहरुमा चेक जाँच गर्दा समय गुज्रिएका खाद्य विक्री गरेको पाइएको छ ।

बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले अनुगमनको क्रममा म्याद गुज्रेका पेयपदार्थ, ड्राइ फुड, मसला र औषधि समेत बरामद गरिएको बताए । ति पसलहरुलाई कारवाहीको दायरामा ल्याउने बर्दघाट नगरपालिकाले तयारी गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]