About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
मिथिला नगरपालिकामा राहत वितरणमा बिभेद, हुनेखानेलाई राहत: मजदुरलाई आहत

खोज केन्द्र शुक्रबार, चैत्र २८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन गरेको आज १८ औँ दिन पुगिसकेको छ । अठ्ठारह दिनसम्म कामकाज ठप्प हुँदा दैनिक ज्याला मजदुरी गर्नेहरु पीडामा पर्न थालेका छन् ।

आज कमाएर आजै खाने मजदुर अठ्ठारह दिनसम्म काम गर्न नपाउँदा भोकभोकै बस्नु पर्ने अवस्था आएको हो ।
भोकै बस्नबाट जोगाउनका लागि स्थानीय सरकारहरुले त्यस्ता व्यक्तिहरुलाई राहत वितरण गर्न थालेका छन् । तर स्थानीय सरकारले वितरण गरेको राहत धनुषाको मिथिला नगरपालिकाका झन्डै आधा दर्जन मजदुर परिवारले राहत पाउन सकेका छै ।

जारी लकडाउनको समयमा दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गर्नेलाई मिथिला नगरपालिकाले बितरण गरेको राहतमा बिभेद भएको मजदुरहरुको गुनासो छ ।

नगरपालिकाले स्थापना गरेको विपत कोषबाट मजदुर तथा विपन्न वर्गलाई प्रत्येक वडामा धमाधम राहत बाँडिरहेको छ । तर मिथिला नगरपालिका वडा नं९ बेंगाडावर बडहरीमा आफ्नो कार्यकर्ता र हुनेखानेलाई मात्रै राहत वितरण गरिएको गुनासो बाहिर आएको हो ।

मिथिला नगरपालिका वडा नम्बर ९, बेंगाडाबरमा मजदुर तथा बिपन्नहरुको नाम कटौती गरेर केहिलाई मात्रै वितरण गरिएको स्थानियहरुको टिप्पणी छ ।

वडाबाट रुदल महतोले नामावली संकलन गरी राहत वितरण गरिएको स्थानिय मजदुर नरेस साह भन्छन -´ज्यालादारी गरेर खानेलाई समेत नगरपालिकालाई राहत दिएन । ४ सदस्य परिवार रहेको साह एक्ला काम गर्ने हुन । तर जनप्रतिनिधीको बिभेदले परिवार नै भोकमरीमा परेको दु:खेसो पोखे । यहाँ हुनेखानेलाई राहत दिईयो तर आफुहरुलाई दिएन्न्।परिवारको गुजाराको लागि राहत उपलब्ध गराईदिन आग्रह समेत गरेका छन ।

वडा अध्यक्ष दिपक थापा लाई राहत उपलब्ध गराईदिन आग्रह गर्दा पनि आफुहरु नपाएको अर्का मजदुर सुरेन्द्र महतोले गुनासो गरे । आफ्नो परिवारमा ६ सदस्य रहेको सुनाउंदै महतोले भने – नामावली संकलन गरी गरिएपनि अहिलेसम्म राहत पाएनौ ।

उत मिथिला नगरपालिकाको प्रमुख रचिन्द्र डंगोलले वडाले सिफारिस गरेका नाम अनुसारनै राहत वितरण भईरहेको बताए । पहिलो चरणमा उक्त वडामा ३ सय परिवारलाई राहत पठाईएको उनले जानकारी दिए । तर वडा नं९ मा सबै राहत वितरण नगरी हिनामिना गरिएको बडहरीबासीको तर्क छ । पुनः उक्त वडामा २ सय ५० परिवारलाई राहत उपलब्ध गराउन लागिएको उनले बताए ।

नगरपालिकाले बिपन्न परिवारलाई खाधान्न राहत सामाग्री स्वरुप १५ किलो चामल, २ किलो दाल,१ किलो नुन १/२ लिटर तेल वितरण भैरहेको उनले बताए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]