चैत २८, जनकपुरधाम । प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू. एक करोडभन्दा बढी सहयोग जम्मा भएको छ ।
मुख्यमन्त्री सचिवालयका अनुसार सो कोषमा रू. एक करोड ७८ लाख ५० हजार सहयोग रकम जम्मा भएको छ ।
सो कोषमा नेपाली काँग्रेस, सिभिल बैंंक, मेगा बैंक, गण्डकी विकास बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक , नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकले सहयोग रकम जम्मा गरेका हुन् ।
त्यस्तै सहयोगी विकास बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र भाटभटेनीले सहयोग रकम कोषमा जम्मा गरेको छ ।
कोषमा ग्रामीण विकास लघु वित्तीय संस्थाले पनि सयोग रकम जम्मा गरेको जानकारी दिइएको छ । रासस