कोरोना भाईरस संक्रमन नियन्त्रण गर्न अह्वान गरिएको लकडाउनको दैनिक ज्यालादारी तथा अर्थिक रुपले बिपन्न परिवारलाई सोसाईटी अफ मेडिकल स्टुडेन्टद्वारा जनकपुरमा राहत वितरण गरिएको छ ।
सोसाईटी अफ मेडिकल स्टुडेन्ट, नेपाल(SOMS – NEPAL) को आयोजनामा र जनकपुर मेडिकल स्टुडेन्ट सोसाईटी को सहयोगमा जनकपुर उपमहानगरपालिका १७ मनहरपुर टोलमा राहत वितरण गरिएको हो ।
सोसाईटीका केन्द्रीय कार्यकारी सदस्य राजन झा, बिबेक महासेठ र चन्दन यादवको नेत्रृत्वमा कोरोना बाट सुरक्षित रहनको लागि नेपाल सरकार बाट गरिएको लकडाउनको कारण ज्यालामजदुरी गरि जिविकोपार्जन गर्ने परिवारलाई हातमुख जोड्न समेत कठिन हुने स्थितिमा एक सय तीन परिवारलाई
चामल ,दाल,आलु,सोयाबेंन ,प्याज , चाउचाउ,साबुन ,मस्क लगायतका सामानहरु राहत वितरण गरिएको छ ।
साथै उपस्थित अभिभावकहरुलाई कोरोनाबाट जोगिने तरिका र हात धुने तरिका सिकाईएको छ । उक्त कार्यक्रममा निभा साह, रमण साह , अन्जली रौनियार, अन्जली गामी, राजन झा, प्रशान्त साह , मनोहर महासेठ , आदित्य कर्ण , आशुतोष मिश्र , अभिषेक यादव, अमित गुप्ता , कृष्ण सिंह लगायत विविन्न मेडिकल कलेजका बिद्यार्थीहरु र वडा सदस्य सदन देवी राउत, आधार बालबतिकाका संस्थापक प्रिन्सिपल अशेस्वर महासेठ , बौद्धिक पेशाकर्मी महासंघ धनुषाका अध्यक्ष्य ब्रजकिशोर यादव , स्थ्यनिया रामाशिष मण्डल , सुरेन्द्र साह लगायतको उपस्थिति रहेको थियो |