कोरोना भाईरस संक्रमणको सन्त्रासले विश्व नै आक्रान्त भइरहेको र मुलुकका गरिब, दैनिक ज्यालादारी मजदुरी तथा वेसहारालाई जनकपुरधाम रेल्वे स्टेशनमा नि: शुल्क भोजन गराउँदै आएका छन ।
जनकपुरधाम वडा नम्बर १ को वडा कार्यालय र स्टेशन एरिया युवा समाजको संयुक्त आयोजनामा जनकपुरमा अलपत्र, गरिब, विपन्न, मजदुर तथा वेसहारालाई बिगत १३ दिन देखि निरन्तर भोजन गराउँदै आएको छ ।
सरकारले घोषणा गरेको ‘लक डाउन’ को अवधिभर जनकपुरका बेसाहारा लाई नि : शुल्क खाना खुवाउने योजना रहेको स्टेशन एरिया युवा समाजका महासचिव प्रशान्त झाले जानकारी दिए ।
हामी लकडाउनको अवधिभर खाना निशुल्क नै ख्वाउँछौं, महासचिव झाले भने- ´यो बेला सकेको गर्छौं,’ ‘भोकै नबस्नुस हामी छौं’ ।
सडकमा खाना नपाएर भोकै बसेकालाई समेत आफूहरुले खाना ख्वाउने बताए ।
‘सडकमा कोही भोकै भए आउनुस, हामी खाना ख्वाउँन तयार छौं, सबै पसल होटल बन्द भयो भनेर नआत्तिनुस हामी नि : शुल्क भोजन गराउँछौँ ।
नि: शुल्क भोजन दैनिक बिहान ११ बजेदेखि सुरु हुन्छ र राती ९ बजे सम्म खाना खुवाईन्छ । दैनिक रुपमा ३ सय किलो चामल खपत हुने गरेको बताए । खाना तथा खाजा ख्वाउनका लागि रातीका समयमा खाद्य सामग्री ल्याइने गरिएको उनले जानकारी दिए ।
खाना खान आउनेहरुले सामाजिक दूरी कायम गरेरै बस्नु पर्ने छ । यसैगरी खाना खानु अघि साबुन पानीले हात धुने र सेनिटाइजर लगाउँन समेत अनिवार्य गरिएको र सोही अनुसार व्यवस्था गरिएको जनकपुर- १ का वडा अध्यक्ष शत्रुधन साह बताउँछन ।