सर्लाहीको लालबन्दी नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी परिवार चलाउने अतिविपन्न ४ हजार तीनसय बढि परिवारलाई राहत वितरण गरेको छ ।
नगरपालिकाले १७ वटै वाडामा एकैसाथ राहत वितरण गरेकोले आज सम्म ४ हजार ३ सय भन्दा बढि प्रभावित परिपवारलाई राहत वितरण गरिएको नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिए ।
नगरपालिका भित्र बसोवास गरेका ४ हजार ४३६ जना विपन्न परिवारको नामावली संकलन गरि राहत वितरणका कार्य सुरु गरेको थियो र राहत लिन छुट भएका प्रभावित परिवारको राहत रकम सम्बन्धित वडा अध्यक्षको जिम्मा दिईएकोले भोलि सम्म छुटेका परिवारले पनि राहत पाउने मेयर खडकाले बताए ।
राहत वितरण सम्बन्धी मापदण्ड अनुसार नगरपालिकाले एक जना मात्र सदस्य भएको परिवारलाई प्रति परिवार ५ किलो चामल, १ किलो दाल, १ किलो नुन र २ लिटर खानेतेल ,पाँच जना वा सो भन्दा भन्दा बढी सदस्य भएका परिवारलाई १५ किलो चामल,दाल, नुन र तेल वितरण गरिएको नगर प्रमुख खडकाले बताए ।
कोरोना भाईस विपद विपन्न सहायता कोषमा दाताहरुबाट १७ लाख १५ हजार,७ सय २२ तथा प्रदेश सरकारको १५ लाख र नगरपालिकाको १५ लाख गरी नगरपालिकाले जम्मा ४७ लाख १५ हजार २२ रुपैया कोषमा जम्मा गरी राहत वितरण गरेको नगरपालिकाका कर्मचारी कोमल हरी गौतमले जानकारी दिए ।
राहत वितरण कार्य सकिसकेकोले अब कोषमा रहेको रकम पुर्ण विवरण सहित छिटै नै सार्वजनिक हुने पनि कर्मचारी गौतमले बताए ।