कोरोना भाईरसको महामारीले लकडाउनमा रहेका जनकपुरवासीलाई लाम्खुट्टेले आतंकित बनाएको यूथ एक्सन फोर्सका उपाध्यक्ष दिपक यादवले टिप्पणी गरेका छन ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ निवासी एवम् फोर्सका उपाध्यक्ष यादवले वडा अध्यक्ष शिव साहको गैरजिम्मेवारी प्रस्तुतिले स्थानिय लाम्खुट्टे आतंक भोग्न बाध्य रहेको आक्रोश पोखे ।
जनकपुरको अन्य वडामा लाम्खुट्टे न्यूनिकरणका लागि सेनिटाईज गरिएपनि वडा अध्यक्ष साह गुपचुप भएका छन । जनताको मत लिएर निर्वाचित वडा अध्यक्ष नै महामारीको बेला लुक्दा मेयर लालकिशोर साह समेत खासै वास्ता नगरेको उनको तर्क छ ।
´संघिय सरकार र प्रदेस सरकार कोरोना प्रकोप नियन्त्रण का लागि आवश्यक बजेट समेत ब्यबस्था गरेको छ । तरपनि मेयर र वडा अध्यक्षले जनकपुरको वडा नम्बर २ लाई पंक्षियाएर अगाडी बढ्दा जनतामा निरासा आएको छ ।` उपाध्यक्ष यादव भन्छन – ´यही स्थिति रहे लकडाउनकै अवस्थामा जनता आन्दोलनमा उत्रन बाध्य हुन्छन ।`
जनकपुर -२ मा हाल सम्म क्वारेन्टाईन तथा राहत वितरण समेत गरिएको छैन । समाजिक संजालको प्रचार प्रसार भन्दा धरातल अवस्था निकै भिन्न रहेको उपाध्यक्ष यादवको गुनासो छ ।
आफुहरुले पटक पटक जानकारी गराउंदा समेत वडा अध्यक्ष मेयरलाई दोष लगाउंदै पंक्षिदै आएको उनले बताए । तसर्थ जनकपुर-२ मा तत्काल लाम्खुट्टे नियन्त्रण र राहत वितरण तथा क्वारेन्टाईनको ब्यबस्थापन गर्न सम्बन्धीत पक्ष संग आग्रह गर्दछु ।