About Contact
०९ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
गरिबलाई बाड्ने राहतमा समेत कमिशनको गन्ध !

बसन्त खतिवडा बुधबार, चैत्र २६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

बारा । गरिब जनता भोक-भोकै रहँदा प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ता भने गरिबलाई बाड्ने राहतमा समेत आँखा गाडिरहेका छन् ।

बाराको प्रसौनी गाउँपालिकाले राहत वितरणका लागि आव्हान गरेको कोटेशनमा गाउँपालिकाका अध्यक्षकै सम्लग्नता देखिएकोछ ।

अध्यक्ष गुप्ताले विभिन्न राइस मिलबाट कोटेशनका लागि लेटर प्याड संकलन गरी स्थानीय शिवप्रसाद कलवार मार्फत दुई चार पैसा फरक पारेर कोटेशन हाल्न लगाएका छन् ।

आव्हान भएका सवै कोटेशनमा समान मूल्या छैन, केवल टेण्डरका लागि दुईचार पैसा मात्र तलमाथि गरेको देखिन्छ ।

न्यू रोशन राइस मिलको लेटरप्याडमा चामल प्रतिकेजी ४६ रुपैयाँ, दाल प्रतिकेजी ११९ रुपैयाँ उल्लेख गरिएको छ भने अर्को श्री शिव पार्वती ट्रेड एण्ड सप्लायर्सको लेटरप्याडमा चामल प्रतिकेजी ४५.९० पैसा र दाल प्रतिकेजी ११८ रुपैयाँ उल्लेख गरिएको छ ।

शिव पार्वतीको सञ्चालक उनै गाउँपालिकाका अध्यक्ष भोला गुप्ता हुन् ।

प्रसौनी गाउँपालिकाले चैत्र १९ गते दरभाउ पेश गर्न कोटेशन आव्हान गरेको थियो । बजार मूल्य भन्दा बढिमा सम्झौता हुन लागेको स्थानीयले थाहा पाएपछि उक्त कोटेशन कुनै सूचना विनानै च्यातिएको श्रोतले जनाएको छ ।

पहिलो प्रयास असफल भएपछि अहिले गाउँपालिकाका अध्यक्षले न्यू रोशन राइस मिलसँग ४२ रुपैयाँमा सम्झौता गरिसकेको निर्धक्क पत्रकारलाई बताइरहेका छन् । तर उनले सम्झौता गरेको भनिएको रोशन राइस मिलका सञ्चालकसँग सम्पर्क गर्दा हालसम्म सम्झौता नभएको जानकारी दिए ।

यता न्यू रोशन राइस मिलका सञ्चालक मुन्ना प्रसाद कलवारले भने ‘आजको मितिसम्म कुनै सम्झौता गरिएको छैन । हामीसँग एक पटक कुरा भएको हो, ल हामी खबर गर्छौ भने, तर अहिलेसम्म खबर आको छैन, सम्झौता हुने कुरै भएन’ मुन्नाले भने ।

सम्बन्धित

ताजा अपडेट
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]