About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
लकडाउनको १६ औं दिन: प्रदेस २ मा राहत वितरण मा स्थानिय सरकार गम्भिर भएन- राजपा यूवा नेता साह

खोज केन्द्र बुधबार, चैत्र २६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

कोरोना भाईरसले विश्वभर अक्रान्त बनाएपछी नेपालमा समेत असर परेको छ । कोरोनाकै कारण नेपाल १६ दिन देखी लकडाउन मा छ । यद्द्पी प्रदेस २ मा राहत वितरणमा स्थानिय सरकार गम्भिर नदेखिएको राजपाका यूवा नेता किसन साहले टिप्पणी गरेका छन ।

लकडाउनको अवस्थामा गरिब , विपन्न तथा दैनिक ज्यालादारीमा जिविकोपार्जन गर्दै आएका पिडितलाई राहत उपब्ध गराउन प्रदेश २ सरकारले रकम पठाएपनि स्थानिय सरकार ले हेलचक्य्राइँ गरेको साहको दाबी छ । यती मात्र नभएर धनुषाकै केही नगरपालिकाले राहत वितरण दलगत व्यक्तिहरुलाई मत्रै दिएको पाईएको प्रति आपत्ति जनाउंदै नेकपाबाटै निर्वाचित मेयरले यस्तो गर्दा संघिय सरकार समेत मुखदर्शक बनेको छ ।

दैनिक ज्यालादारीमा काम गरि जिविको पार्जन गर्दै आएका गरिव, असहाय, मजदुर, होटल, पसल, कारखानामा तथा इटा भट्टामा काम गर्ने श्रमिकलाई राहत दिनु पर्ने ठाँउमा दलगतलाई दिएको छ । प्रदेस सरकारले सर्वदलिय समिति बनाएर राहत बितरण गर्न निर्देशन दिंदा पनि मेयर र वडा अध्यक्षले आफुखुशि राहत बितरण गर्नु दुर्भाग्य हो, नेता साहले भने ।

संघिय सरकारले जारी गरेको राहत सम्बन्धी मापदण्ड २०७६ देश भरीमा राहात वितरण गर्न निर्देशन गरिएता पनि प्रदेस २ मा मापदण्डको दफा ३ बमोजिमका व्याक्तीहरूलाई दफा ५ बमोजिम राहात सामाग्री उपलब्ध गराउनु पर्ने र राहात पाउने व्याक्तिहरुको विवरण ३ दिन अगावै सार्बजनिक गर्नु पर्ने स्पष्ट व्यवस्था हुंदा हुदै पनि त्यसको विपरीत कार्य गरेको बताईएको छ ।

धनुषाको अधिकांश नगरपालिका र गाउँपालिकामा राहात सामाग्री वितरण गर्दा सो गाउँमा स्थायी बसोबास गर्ने लक्षित बर्ग तथा बुद्धिजिवी समाजसेवीहरूले वडाले मापदण्ड विपरित राजनैतिक दलगत भावनाबाट प्रेरित भइ राहात सामाग्री वितरण गरिरहेकाले प्रहरी प्रशासन समेत मतियार बनेको छ, नेता साह भन्छन ।

स्थानीय सरकार प्रदेस सरकार र संघीय सरकारको निर्देशन अनुसार बिपतको समयमा दलगत भावना भन्दा माथि उठी वास्तविक राहात पाउन योग्हरुलाई राहत दिनु सट्टा आफ्ना कार्यकर्ताहरुलाई राहात वितरण गर्नु माबवताको न्यूनतम मान्यता पनि पुरा गरेको छैन । यो त बिल्कुल दानवता वा दरिद्रता हो ।

साथै नगरपालिका भित्र बनाईएका क्वारेन्टाइनहरू मापदण्ड अनुसार नभइ अवश्यक सेवाहरू समेत उपलब्ध नगराइएकोले राहात तथा क्वारेन्टाइन व्यवस्थापन वापत रकम समेत दुरूपयोग हुने सम्भावना देखिएकोले त्यस प्रकृयाको समेत भत्र्सना गर्दै मापदण्ड कार्यविधी अनुसार राहत वितरण तथा क्वारेन्टाइन व्यवस्थापनमा सम्बन्धित सरोकारवालाको ध्यान दिना मेरो आग्रह छ, नेता साह बताउँछन ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]