About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
यो देशमा कोरोना संक्रमन छैन !

खोज केन्द्र मंगलबार, चैत्र २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

विश्वमा कोरोना भाइरस (कोभिड १९)को संक्रमितको संख्या करिब १३ लाख ६५ हजार पुगेको छ । करिब ७७ हजारको ज्यान गइसकेको छ ।

कोभिड १९ले विश्वका अधिकांश देशलाई पिरोलेको अवस्थमा मध्य एसियाको तुर्कमेनिस्तानमा भने सामान्य अवस्था झै क्याफे, रेष्टुरा खुलेका छन् । विवाह पार्टीहरु चलिरहेका छन् । त्यहाँको सरकारले संक्रमणको केसलाई लुकाएको हुन सक्ने आशंका पनि गरिएको छ ।

विश्वका अधिकांश देश कोरोना भाइरसको संक्रमणविरुद्ध युद्ध लडिरहँदा, विश्वको ठूलो जनसंख्या लकडाउनमा बन्द भइरहँदा, तुर्कमेनिस्तानले भने मंगलबार वल्र्ड हेल्थ डेको अवसरमा ठूलो साइकल ¥यालीको आयोजना ग¥यो । जहाँ कसैले मास्क समेत लगाएका थिएनन् । जसको नेतृत्व राष्ट्रपति आफैले गरेका थिए ।

मध्य एसियाको यो देशले अहिलेसम्म कोरोना भाइरसको शुन्य केश रहेको दावी गरिरहेको छ । अन्य देशका विज्ञहरुले भने यसलाई अझै मान्न तयार भएको देखिदैन । उनीहरुले सेन्सरसिपका लागि प्रख्यात रहेको त्यो देशको सरकारले दिएको तथ्यांकलाई विश्वास गर्न नसकिने बताउँदै आएको बीबीसीले समेत जनाएको छ ।

तुर्कमेनिस्तानको आधिकारी स्वास्थ्य तथ्यंकसँग अविश्वास व्यक्त गर्दछन्। लन्डन स्कुल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक मार्टिन म्याके । उनले त्यहाँको स्वास्थ्य सेवा प्रणालीको अध्ययन गरेकाले पनि त्यो दावी गरेको बताइन्छ । ‘गत दशक उनीहरुले आफ्नो नागरिकमा एचआइभी एड्स नभएको दावी गरेका छन् । यो आंकडा स्वीकार्य छैन । हामीलाई थाहा छ की, २०००को दशकतिर उनीहरले प्लेग लगायतका प्रकोपको शृखलालाई दबाएका थिए ।’ उनले भने ।

तथापि त्यहाँका अधिकारीहरु सम्भावित प्रकोपलाई रोक्ने तयारीमा भने जोटिरहेको देखिन्छ । उनीहरुले युएन एजेन्सीहरुसँग एक्सन प्लानका लागि छलफल गरिरहेका छन् । युएनकी आवासिय प्रतिनिधि इलेना पानोभाले जोखिमका विषयमा संचार, केस अनुसन्धान, प्रयोगशालाको व्यवस्थापन र अन्य उपायहरुको विषयमा छलफल गरेको बताइन् । उनले पनि तुर्केमिस्तानको कोभिड १९को प्ररिक्षणको विषयमा स्पष्ट उत्तर भने दिएकी छैनन । ‘विश्वास नगर्ने भन्ने कुनै कुरा छैन । सरकारले दिएको सुचनालाई नै विश्वास गर्ने हो ।’ उनले भनिन् ।

उसले बोर्डरहरु एक महिना अघि देखि नै बन्द गरेको छ । चीन र अन्य देशहरुसँग हवाई उडानमो फ्रेबेओरीदेखि नै प्रतिबन्द लगाएको थियो । अन्तर्राष्ट्रिय उडानलाइ राजधानीबाट नर्थइस्ट जोनमा डाइभर्ट गरिएको छ । जहाँ क्वारेन्टाइन क्षेत्र तयार गरिएको छ ।

विदेशबाट आएका र लक्षण देखिएका सबैलाई कोभिड १९ को परिक्षण गरिएको बताइएको छ । पानोभाले पनि कति जनालाई परिक्षण गरिएको छ भने निश्चित तथ्यांक भने दिइनन् । ‘सरकारी अधिकारीसँग छलफल गर्दा उनीहरुले प्रयाप्त टेष्ट गरेको पाइन्छ । ’के कोरोना भाइसविरुद्ध लड्न उसको स्वास्थय प्रणाली सक्षम छ त ? भनेर प्रश्न समेत उठाइएको छ ।

पानोभा भन्छिन्, ‘हामीलाई थाहा छैन । उनीहरुको तत्परताबाट हामी विश्वस्त छौं । सामाग्री युक्त अस्पतालहरु छन् । अरु देशलाई हेर्दा पनि यसले स्वास्थ्य प्रणालीमा ठूलो दबाब सिर्जना गर्ने छ । त्यसमा तपाई कति तयार हुनुहुन्छ भन्ने विषयमा जहिले पनि अपर्याप्त नै हुन्छ । भेन्टिलेटरहरु र अन्य प्रकारका उपकरणहर खरिद गर्ने बारेमा पनि कुरा गरिसक्यौं ।’

जनतामा प्रकोपको बारे केहि जागरुकता रहेका देखिन्छ । शहरको बीचमा आन्दोलन प्रतिबन्धित गरिएको छ र केहि क्षेत्रमा प्रवेश गर्नडाक्टरको नोट हुनुपर्ने प्रावधान बनाइएको छ ।

यहाँ हर्वल उपचारमा प्रयोग हुने एक प्रकारको घासको धुँवा बजार र कार्यालयमा उडाउन थालिएको छ । राष्ट्रपतिले कुनै प्रमाण नभए पनि यसलाई जलाउनु भाइरसबाट अलग हुने दावी गरेका छन् ।

तर यतिबेला संसारका धेरै देशको भन्दा फरक रुपमा तुर्कमेनिस्ताको दैनिक जीवन चलिरहेको छ । अर्थात यहाँ सामान्य अवस्था छ । क्याफे रेष्टुँरा खुलेका छन् । विवाह समारोहका लागि भिड जम्मा भएकै छ । कसैले पनि मास्क लगाउदैनन् र सामुहिक गतिविधिहरु भैरहेका छन् । यस्तो प्रतीत भइरहेको छ कि देश कोरोना भाइरसद्वारा उत्पन्न प्रकोपको खतरा स्वीकार गर्न अस्विकार गरिहेको छ । विश्व स्वास्थ्य दिवसका दिनमा भएको ठूलो साइकल ¥यालीको प्रमुख आकर्षणको व्यक्ति स्वय राष्ट्रपति बर्डीमुखिमोदव नै थिए । स्वस्थताको छवी उनको व्यक्तित्वको हिस्सा बनेको छ । देशको टिभीहरुले नियमित रुपमा उनले जिममा फलाम उचालेको, साइक्लिङ गरेको देखाइरहेका हुन्छन् । उनी स्वास्थ्य र खुसीयाली अभियानको मुख्य अभियानकर्ता हुन् ।

कर्मचारीले समानकालको पोशाक लगाएर विहानको अभ्यास गरिहेका हुन्छन् । यसको मुख्य सन्देश भनेको देश स्वस्थ छ र खुसी छ भन्ने हो । बर्डीमुखिमोदभले आफ्नो राष्ट्रपतिकालको घोषण खुसीको युगका रुपमा गरे । कोभिड १९ को प्रकोपले उनको सन्देश उजागर गर्ने केहि आलोचकहरुले गरेका छन् । यो कारणले पनि सरकारले कोभिड १९का संक्रमितलाई लुकाउन खोज्न सक्ने आशंका समेत गरिएको छ । प्रोफेसर मेक्की त्यस्तै चिन्ता गर्दछन् । ‘हामीले देख्यौ की कोभिड १९को संक्रमण चीनबाट दु्रत गतिमा संसारभरी फैलियो । यस्तो विश्वव्यापी अर्थतन्त्रमा हामी अहिले बाँचिरहको छौं । प्रत्येक देश विश्वको सबैभन्दा कमजोर देश जतिकै सुरक्षित छन्, उनले भने ।

अन्य देशहरुले महामारीलाइ न्यित्रन्ण्मा लिन सफल भए पनि अन्य देशहरुबोट लगातार संक्रमण्को विउ आउन जोखिम छ । यसमा उनीहरु असफल हुभएका छने । तुर्कमेनिस्तान यसको राम्रो उदाहरण हुन सक्छ । (एजेन्सीहरुको सहयोगमा)

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]