जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ ।
भारत बिहारको झंझारबाट आएकी सिरहाको नरहा गाउँपालिका ३ निवासी ५५ वर्षिय शैला खातुनलाई कोरोना भाइरसको लक्षण देखिएपछि प्रादेशिक अस्पताल जनकपुरधाममा दुई दिनअघि भर्ना गरिएको थियो ।
आइसोलेशनमा उपचार राखि उपचार भइरहेको ती महिला सोमवार अस्पतालबाट फरार भएकी थिइन । कोरोना शंकास्पद बिरामी अस्पतालबाट फरार भएको खबर बाहिरिएपछि खोजी शुरु गरेको थियो ।
प्रहरीले ती महिलालाई सपहीबाट पुनः नियन्त्रणमा लिई अस्पताल पुर्याइएको जानकी प्रहरीले दिएको छ ।
जब छोराले घरमा बस्न दिएनन्
भारत विहारको झँझारपुरबाट एक साता अघि आएकी खातुनलाई सर्दी, खाँसी र ज्वरो देखिएपछि छोराले घरमा बस्न दिएन ।
त्यसपछि उनी छोरी कहाँ गइन, तर छोरीले पनि घरमा बस्न दिइनन् । त्यसपछि उनी अस्पताल पुगेकी थिइन् ।