About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
आउने दुई साता थप चुनौतीपूर्ण: प्रधानमन्त्री ओली

खोज केन्द्र मंगलबार, चैत्र २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आउने दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन्। मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने दुई साता थप चुनौतीपुर्ण हुनसक्ने बताएका हुन्।

३ वैशाखसम्म बन्दाबन्दी थप गरिएको भएपनि प्रधानमन्त्री ओलीले आउने दुई साता नै चुनौतीपूर्ण हुने बताएका हुन्। यसअगाडि जस्तै यो थपिने अवधिमा पनि बन्दाबन्दीप्रति साथ दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले सवै मिलेर कोरोना संक्रमणको महामारी विरुद्ध लड्नुपर्ने बताएका हुन्।

यो अवधिमा महत्वपूर्ण भूमिका खेल्ने जनप्रतिनिधि र जनसमुदायप्रति आभार प्रकट गरेका प्रधानमन्त्री ओलीले महामारी दोस्रो चरणमा प्रवेश गरेकाले थप सचेतता अपनाउन आवश्यक रहेको बताए। विश्वलाई महामारी नियन्त्रण गर्न हम्मे–हम्मे परिरहेका बेला नेपाल सरकारले सन्तोषजनक प्रयास गरेको प्रधानमन्त्री ओलीले बताए।

महामारी नियन्त्रणका लागि आवश्यक तयारी र चालिएका कदमबारे लामै व्याख्या गरेका प्रधानमन्त्री ओलीले आमसञ्चार माध्यमहरुले विशेष भूमिका खेल्नुपर्ने बताए।

महामारी विरुद्ध भइरहेका प्रयासलाई निरुत्साहित बनाउनेगरी कुनै क्षेत्रबाट पनि भूमिका देखिन नहुने बताए।

 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]