About Contact
१७ फाल्गुण २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेस २: माछा मार्ने बिषयमा बिबाद हुंदा गोलि चल्यो

खोज केन्द्र सोमबार, चैत्र २४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

रौतहट र सर्लाहीबीच भएर बग्ने वागमती नदीमा माछा मार्ने विषयमा दुई पक्षबीच झडप भएको छ ।

झडपलाई साम्य पार्न गएको प्रहरीमाथि नै आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि दुई फायर गरेको छ ।

रौतहट र सर्लाहीको बीचमा बग्ने बागमती नदीको विषयमा दुई पक्षबीच लामो समयदेखि विवाद रहेको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिकाबीच बागमती नदीको बालुवा, माछा तथा घाटको विषयमा लामो समयदेखि विवाद रहिआएको छ ।

सोमबार दिउँसो सर्लाही र रौतहट दुवैतिरका मानिस स्थानीय नदीमा माछा मार्न पुगेपछि दुई पक्षबीच झडप भएको हो ।

सर्लाहीका वीरा सहनीको समूह र रौतहटको भोला सहनी समूहबीच माछा मार्ने विषयमा विवाद चर्केर झडप भएको खबर पाउनासाथ दुर्गा भगवती गाउँपालिकाको पिपरा बजारमा इलाका प्रहरी कार्यालयबाट तत्काल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल पुग्नासाथ ठूलो संख्यामा रहेका वीरा सहनीको समूहका मानिसले प्रहरीमाथि नै आक्रमण गर्न पुगेको थियो । झडपलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि नै आक्रमण भएपछि आत्मरक्षाका लागि प्रहरीले दुई राउन्ड हवाईफायर गरेको थियो ।

दुई पक्षबीच भएको झडपमा दुर्गा भगवती गापा २ का भोला सहनीको टाउकोमा चोट लागेर घाउ भएको छ । सहनीको उपचार प्राथमिक स्वास्थ्य केन्द्र पिपरा बजारमा भइरहेको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले बताएका छन् ।

बागमती नदीको माछाको ठेक्का सर्लाहीको रामनगर गाउँपालिका र रौतहटको दुर्गा भगवती गाउँपालिका गरी दुवैले लगाएका छन् । दुवै जिल्लाका दुवै स्थानीय तहबीच बागमती नदीको स्वामित्वको विषयमा लामो समयदेखि विवाद बल्झेको छ ।

सञ्जय मित्र, रौतहट

सम्बन्धित

ताजा अपडेट
झा दम्पतिको वेपत्ता प्रकरण: डिआईजी सिंह भन्छन – छिटै अपराधी सार्वजनिक हुन्छ
सर्मिष्ठाले सुसाईड नोट लेख्दै भनिन ‘राहुललाई कारवाही होस’
नागरिकता माग्दै धनुषामा प्रदर्शन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]