About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
मन्त्रिपरिषद्का निर्णयः लकडाउन ३ वैशाखसम्म, गभर्नरमा अधिकारी नियुक्त

खोज केन्द्र सोमबार, चैत्र २४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

सरकारले वैशाख ३ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउनको अवधि लम्ब्याएको हो ।

सरकारले ११ चैतदेखि देशव्यापी  लकडाउन गरेको छ । यसअघि चैत १७ मा थप एक हप्ता लकडाउन गरेको थियो । मंगलबार लकडाउनको अवधि सकिने भएपछि सरकारले थप गर्ने निर्ण गरेको हो ।

सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको छ । कोरोनाको जोखिम बढेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक स्थगित हुँदै आएका छन्।

गभर्नरमा अधिकारी
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि केशवप्रसाद भट्टराई, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]