धनुषामा एक वडाध्यक्ष भारतको मधुबनीबाट घर फर्केपछि स्थानीय त्रसित बनेका छन् ।
जनकननदनी गाउपालिका २ का वडाध्यक्ष भोगेन्द्र पाठक भारतबाट घर फर्केपछि स्थानीय त्रसित बनेका हुन् । उनी कोरोना भाइरस लागेको हुनसक्ने स्थानीयको अनुमान छ । सोही कारण वडाध्यक्ष पाठकको स्वास्थ्य परीक्षण गराउन स्थानीयले माग गरेका छन् ।
स्रोतका अनुसार मधुवनीमा उनको घर पनि रहेको छ । उनी त्यहाँबाट १ महिना बसेर यहाँ आइपुगेका हुन् । उनलाई कम्तिमा क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीयको भनाई छ ।
ईलाका प्रहरी कार्यलय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकयाले वडाध्यक्ष पाठक भारतबाट फर्केको जानकारी पाएको र के गर्ने विषयमा गाउँपालिका प्रमुखसँग छलफल भइरहेको बताए ।