About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
मुख्य नाका वीरगन्जमै कोरोना परीक्षणमा ढिलाई, सरकार प्रति चिकित्सक संघ असन्तुष्ट

खोज केन्द्र आइतबार, चैत्र २३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोनाभाईरस (कोभिड–१९) को संक्रमण दोश्रो चरणमा प्रवेश गरेको छ । सूदुर पश्चिममा स्थानीय एक व्यक्तिमा कोरोनाको संक्रमण देखा परेपछि कोरोना संक्रमणको दोश्रो चरण शुरु भएको हो । यो सँगै सीमावर्ती सहरहरुमा संक्रमणको थप जोखिम बढेको छ ।

भारतबाट नेपाल आएकाहरुबाट कोरोना संक्रमणको जोखिम बढी देखिएको छ । तर, भारतीय सीमासँग जोडिएका प्रदेश नम्बर २ को मुख्य नाका नेपालको प्रवेशद्वार वीरगन्जमा भने अझै कोरोना संक्रमण परीक्षणमा ढिलाई भएको छ ।

वीरगन्जमा कोरोना परीक्षण प्रयोगशाला स्थापनामा ढिलाई हुँदा कोरोना संक्रमणको जोखिम बढेको भन्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र नागरिक समाजले चिन्ता व्यक्त गर्न थालेका छन् । सरकारले आईतबारदेखि चितवन र बुटवलमा पनि कोरोना भाइरस (कोभिड १९) को परीक्षण शुरु गरेको छ ।

यसअघि जनकपुर, धरान, हेटौँडा, पोखरा, धनगढी र सुर्खेतमा परीक्षण सुरु गरेको सरकारले वीरगन्जमा भने अझै कोरोना संक्रमण परीक्षणमा ढिलाई गरेको छ । वीरगन्जको नारायणी अस्पतालले कोरोना परीक्षणका लागि माग गरेर पठाएको भएपनि अझै परीक्षणको विषयमा कुनै जानकारी नआएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदनउ पाध्यायले बताए ।

नेपाल र भारत दुवै देशबाट वीरगन्ज नाका भएर आवतजावत गर्नेहरु धेरै रहेकोले छिटो कोरोना संक्राण परीक्षण शुरु गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । नारयाणी अस्पतालका कोरोना सम्बन्धी सम्पर्क व्यक्ति डाक्टर उदयनारायण सिंहले जनघनत्व र आवश्यकता अनुसार वीरगन्जमा पहिले परीक्षण प्रयोगशालाको स्थापना हुनुपर्ने बताए ।

उनले भने, “विभिन्न राजनीतिक, स्थानीय सरकार तथा सरोकारवाला व्यक्तिहरुसँगको समन्वयमा पहल भईरहेको छ । अस्पतालबाट पनि माग भएको छ ।

ठूलो गेटवे हो, त्यसैले वीरगन्जमा छिटो भन्दा छिटो कोरोना भाईरस परीक्षण गर्न आवश्यक छ ।” संघीयता भनेको छ, जनघनत्व र आवश्यकता अनुसार परीक्षण केन्द्र स्थापना गर्नुपर्ने ठाउँमा वीरगन्जमा ढिलो हुँदा संक्रमण फैलने जोखिम बढेको छ । परीक्षण भए छिटो जानकारी पाउछौं र थप संक्रमण फैलिनबाट रोक्न सक्छौं”, डाक्टर सिंहले भने ।

उनका अनुसार आईतबार दिउँसो सम्म नारायणी अस्पतालमा ३५ जना क्वारिन्टीनमा र ५ जना अलग उपचार (आईसोलेशन) रहेका छन् ।

प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा विभिन्न उद्योगी व्यवसायीहरुको सहयोगमा नारायणी अस्पतालमा २० वटा कोरोना संक्रमित बिरामी राख्ने अलग शैया (आइसोलेशन वेड) स्थापना पनि गरिएको छ । तर, परीक्षणको भने कुनै अत्तोपत्तो छैन ।

प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले नारायणी अस्पतालमा आएर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गाउन, मास्क, सेनिटाईजर लगायतका उपचारका क्रममा प्रयोग गर्ने सामग्री हस्तान्तरण गरेर गएपनि प्रदेश सरकारले परीक्षण भने अझै शुरु गरेको छैन ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले तत्काल परीक्षणको व्यावस्था गर्न निर्देशन गरेको भएपनि अहिले परीक्षण गर्ने मेशिन उपलब्ध नभएको र त्यसको लागि सामाजिक विकास मन्त्रालयले समन्वय गरिरहेको प्रदेश २ काआन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णहरी पुष्करले जानकारी दिए ।

उने भने, “मेशिन किनेर राजविराज र वीरगन्ज तुरुन्तै परीक्षण शुरु गरिहाल्ने भन्ने हो । तर, मेशिन पनि विदेशबाट नै ल्याउनुपर्ने भएकोले कहाँ ? कसरी उपलब्ध हुन्छ भनेर सामाजिक विकास मन्त्रालयले समन्वय गरिरहेको छ । चाडैं मेशिन ल्याएर परीक्षण शुरु गर्छौ ।” यो महाविपतको घडिमा धैर्य र संयमतामा सबैको साथले मात्रै कोरोना संक्रमणलाई परास्त गर्न सकिने उनले बताए ।

सरकार प्रति चिकित्सक संघ असन्तुष्ट

वीरगन्जमा कोरोना परीक्षण तथा उपचारमा संघ सरकार र प्रदेश सरकारले उपेक्षा गरेको भन्दै चिकित्सक संघ वीरगन्ज शाखा नारायणीले असन्तुष्टि जनाएको छ । नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सीमित स्रोत साधन र उपकरणमा पनि ज्यान जोखिममा राखेर वीरगन्जमा चिकित्सकहरु अहोरात्र खटिएको भएपनि संघ सरकार र प्रदेश सरकारले चिकित्सकहरुलाई हतोत्साही बनाएको भन्दै संघले आपत्ति जनाएको हो ।

उनीहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई राज्यबाट हौसला प्रदान गर्नुपर्ने र कोरोना भाईरस रोकथाम, जोखिम न्यूनीकरण तथा उपचारमा सहज व्यावस्थापनका लागि प्रदेश सरकारले गठन गरेको विज्ञ समूहलाई पाँच बुँदे सुझाव सहितको माग गरेका छन् ।

चिकित्सक संघका सचिव डाक्टर उदयनारायण सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा वैज्ञानिक तरिकाले क्वारिन्टीन र आईशोलेशन वेड सहितको कोरोना अस्पताल तर्जुमा गर्ने, कोरोना हवको अवस्थालाई पहिचान गरि अस्पताललाई स्तरोन्नती गर्न पहल गर्न माग गरिएको छ ।

त्यस्तै आवश्यकता र जनघनत्वको आधारमा यथाशीघ्र कोरोना परीक्षणको प्रदेश २ को सबैभन्दा ठूलो नारायणी अस्पतालमा गर्ने, व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) तत्काल व्यावस्था गर्ने र त्यसको आवश्यकता अनुसार निरन्तर र आपूर्तिको प्रवन्ध मिलाउने, संभावित कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई अलग्गै क्वारेन्टीनमा राख्ने लगायतका माग गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]