About Contact
०९ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
प्रदेस २: लकडाउनको समयमा वन फडानी तीव्र, तीनजना पक्राउ

खोज केन्द्र आइतबार, चैत्र २३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

विश्व नै यतिखेर कोरोना भाइरसवाट आक्रान्त बनेको बेला रौतहटका काठ तस्कर भने ज्यानको पर्वाह नगरी काठ चोरीमै सक्रिय भएका छन् ।

मुलुकभर सरकारले कोरोनाबाट बच्नका लागि जारी गरेको लकडाउनकै अबधिमा जिल्लाको विभिन्न स्थानमा तस्करहरुले ठूलो परिमाणमा काठ काटेको अवस्थामा डिभिजन वन कार्यालय रौतहटको टोलीले बरामद गरेको छ ।

टोलीले तस्करहरुले लैजान लागेको अवस्थामा५० क्युफिट भन्दा बढी काठ र ३ जना काठ तस्करलाइ पक्राउ गरेको हो । गत बुधबार डिभिजन वन कार्यालय रौतहटको वन गस्ती टोलीले काठ काटिरहेको अबस्थामा वलेरीखोर वन क्षेत्रबाट २ जनालाइ पक्राउ गरेको छ ।

राती काठ काटदै गरेको सुचनाका आधारमा डिभिजन वन कार्यालय रौतहटबाट गएको वनगस्ती टोलीले जंगलमा काठ काटिरहेको अबस्थामा २ जना काठ तस्करलाइ नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिहले जानकारी दिएका छन् ।

काठ काटिरहेका १ जना फरार भने फरार हुन सफल भएका छन् । यसैगरी बिहीबार जंगलसहिया वन क्षेत्रबाट ७ थान गोलिया सहित १ जना पक्राउ परेका छन् ।

तस्करलाई २२ क्युफिट काठ सहित पक्राउ गरेको डिभिजन प्रमुख सिहले जानकारी दिए । देश यतिखेर विसम परिस्थिति भएको अवस्थामा वनमा कोही नभएको भन्दै चोरीमा सक्रिय वन तस्करले दर्जनौ हरियो सालको रुख काटेर वन विनास गरेका छन् ।

वन गस्ती टोलीले स्थानिय शिब दयाल सहनीको घरबाट ५ वटा गोलियाको १७ क्युफिट काठ झ्याङ्गमा लुकाएर राखेको अबस्थामा बरामद गरेको सो रंगपुर साझेदारी वनका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिएका छन । लक डाउनको अबस्थामा पनि आफूले वन संरक्षणको लागी २६ जना वनगस्तीलाइ खटाइराखेको अध्यक्ष चौधरीले जानकारी दिए ।

बार्षिक रुपमा १६ जना वन रक्षक र हाललाइ १० जना अग्नी नियन्त्रक गरी २६ जनाले रंगपुर साझेदारी वन क्षेत्रको संरक्षण गरिरहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

यता डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिहले लक डाउनको मौकामा काठ तस्करले सक्रिय बनेको बताएका छन् । काठ तस्करको तस्करी शैली आफूले फेल गरिदिएको उनले बताए । वन रक्षकको टोली,शसस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले कडाइका साथ वन क्षेत्रको निगरानी बढाएको डिभिजन वन प्रमुख सिहले बताए ।

मुलुकमा समस्या भएको अवस्थामा चोरी शिकारी बढ्ने भएका कारण यतिखेर डिभिजन वन कार्यालय रौतहटले जिल्लाको वन क्षेत्र रहेको स्थानमा बाग्लो गस्ती गर्ने गरेको डिभिजन प्रमुख सिंहले बताए ।

सम्बन्धित

ताजा अपडेट
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]