About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
जनताको सम्पत्ति र सूचना अलीको जोखिममा, प्रधानमन्त्रीकै सूचना लिन सक्छन्

खोज केन्द्र आइतबार, चैत्र २३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

काठमाडौं, । प्रधानमन्त्रीका सूचना-प्रविधि (आईटी) सल्लाहकार अस्गर अली साइबर अपराधमा मुछिँदा नागरिकले बैंकमा राखेको पैसाको सुरक्षा चिन्ता देखिएको छ। अली संलग्न कम्पनी एफवान सफ्टले ४८ बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप (एप्लिकेसन) बनाएको छ। २७ मध्ये २२ वाणिज्य बैंकको मोबाइल बैंकिङ सेवा अलीकै कम्पनीमातहत सञ्चालित छ।

फोन-पे र ई-सेवाजस्ता भुक्तानी सेवाप्रदायक एप पनि यही कम्पनीले बनाएको हो। एउटा बैंकबाट अर्कोको खातामा हुने डिजिटल भुक्तानीको द्वार (गेट-वे)का लागि बढीजसो फोन-पे प्रयोग हुँदै आएको छ। डिजिटल वालेटमा पनि ई-सेवाको अग्रणी हिस्सा छ। बैंक तथा वित्तीय संस्थाका कतिपय सफ्टवेयर पनि यही कम्पनीले बनाएको छ। कतिपयले ग्राहकको विवरण संकलन र भण्डारण गर्ने (डेटा होस्टिङ)को कामसमेत अलीकै कम्पनीलाई दिएको बैंकर बताउँछन्।

न्युज पोर्टल ह्याकको घटना सार्वजनिक भएपछि शुक्रबार नेपाल बैंकर्स संघको बैठक बसेको थियो। एनसीएचएल, नेप्स जसरी बैंकहरू आफैंले मोबाइल बैंकिङको भुक्तानी प्रणाली सञ्चालन गर्दा उचित हुनेबारे छलफल भएको अध्यक्ष भुवन दाहाल सुनाउँछन्। बैंकहरूले चेकको विद्युतीय राफसाफमा एनसीएचएल र एटीएम भुक्तानीको स्विच व्यवस्थापन गर्ने नेप्सजस्ता प्रणाली सञ्चालन गर्दै आएका छन्।

‘संघमा आईटी सुरक्षा समिति छ। हामीले त्यही समितिलाई के गर्ने भन्ने टुंगो लगाएर प्रतिवेदन दिन भनेका छौं’, अध्यक्ष दाहाल भन्छन्, ‘पहिलेदेखि नै आफैं गर्नुपर्छ भन्ने आवाज उठिरहेको थियो। अब यो घटनापछि यो तर्क अझ बलियो होला।’

सम्बन्धित

ताजा अपडेट
काम गरेर देखाउने हैसियत भएका सांसदहरु !
अम्भु प्रसाद साहद्वारा जनकपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा उम्मेदवारी
मन्त्री जुली महतोद्वारा धनुषामा ४ पुल उदघाटन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]