About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
प्रमुख सचेतक अरगरियाद्वारा कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्स संचालन

खोज केन्द्र शनिबार, चैत्र २२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम : धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित समाजवादी पार्टीका संघीय साँसद तथा प्रमुख सचेतक उमाशंकर अरगरियाले कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्स संचालनमा ल्याएको छ ।

कोरोना संक्रमित आशंका गरिएको विरामीको समेत यतिबेला एम्बुलेन्सले बोक्न तयार भइरहेको छैन । यस्तो अवस्थामा साँसद अरगरियाले आफु निर्वाचित क्षेत्रका लागि कोरोना संक्रमित विरामी बोक्न निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरेका हुन् ।

ॐ शक्ति सामुदायिक अध्ययन अनुसंधान केन्द्र धनुषाको एम्बलेन्स क्षेत्र नम्बर २ का जनताका लागि निःशुल्क सेवा दिने साँसद अरगरियाले बताएका छन् । एम्बुलेन्स संचालन गरिरहेका केन्द्रका अध्यक्ष विनोद रोहिताले पनि साँसद अरगरियाको आग्रहमा निःशुल्क सेवा प्रदान गर्ने बताएका छन् ।

उनले कोरोना संक्रमितलाई क्वारेन्टाइन वा अस्पतालसम्म पुर्याउनुपरेमा मोवाल नम्बर ९८१२१८३२०० र ९८०४८९३६९६ मा फोन गर्न समेत क्षेत्र नम्बर २ का जनतासँग अपिल गरे । उनले भने, ‘जुनसुकै समयमा फोन गर्दा हामी एम्बुलेन्स उपलब्ध गराउँछौं ।’

साँसद अरगरियाले संकटमा परेका बेला आफु जनतासँगै रहेको समेत बताएका छन् । उनले जनतालाई परेको समस्यामा जुनसुकै बेला सकेसम्म सहयोग गर्ने बताए । केहि व्यक्तिले सामाजिक संजालमा आफुलाई बदनाम गर्न खोजेपनि जनतालाई विचलित नहुन उनले अपिल गरे ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]