जनकपुरधाम । कोरोना उपचारको लागी तैयार पारिएको भनिएको प्रादेशिक अस्पताल जनकपुरको मन्त्रीहरुको टोली दिनका दिन निरीक्षण गर्छन । यद्द्पी अस्पतालबाट पाउने उपचार हालसम्म सेवाग्राहीले पाउन सकेको छैन ।
आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव,मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको टोलीले बिहिबार अस्पतालको निरीक्षण गरेका छन ।
टोलीले कोरोना परीक्षणको लागी जडान भै रहेको पिसिआरको निरीक्षण समेत गरेका छन । तरपनि संचालनमा आउन नस्क्दा बिरामी मर्कामा परेका छन ।
पिसिआरको जडानको काम अन्तिम चरणमा रहेको भन्दै घुम्नते रुपमा मन्त्रीहरु अस्पताल आए । र आजै अवेर राति देखी संचालनमा आउने अस्पतालका मेसु डा. नागेन्द्र यादवले जनाए ।
उक्त अवसरमा अस्पतालका चिकित्सकहरुले पिपिआरको नाउमा संघीय सरकारले गाउन मात्र पठाएको भन्दै आपत्ति जनाएका थिए ।
उनिहरुले यस अघि आएको पिपिआर उपयुक्त रहे पनि त्यसको मात्रा थोरै रहेकोले अविलम्ब व्यवस्थापन गर्न आग्रह गरेका थिए ।