About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
कोरोना: जानकी मन्दिरमा ताला, रामजन्मोत्सवको चहल पहल छैन

खोज केन्द्र बिहिबार, चैत्र २०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुरधाम । भगवान रामको ससुरालीमा आज रामजन्मोत्सवको कुनै चहल पहल छैन । मन्दिरमा भक्तजनलाई सुरक्षाकर्मीहरुले आउनै दिएका छैन भने धेरैजसो घरवाटै निस्केका छैनन । लकडाउनका बाबजूद जो बाहिर आएका छन् मन्दिरसम्म सुरक्षाकर्मीहरु जान दिइरहेको छैन ।

म त मन्दिरसम्म गएको थिए ढोका नै लागेको थियो राम युवा कमिटीका पूर्वउपाध्यक्ष परमेश्वर साहले बताए । उनले ढोकाकै पूजा गरेर फर्के ।

राम मन्दिर र जानकी मन्दिरको मूला ढोकामा ताल्चा लागेको छ । मानवता बचाउनु छ घरमा पूजा गर्दा पनि हुन्छ धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले वताए ।

कोरोना भाइरसका कारण मन्दिरहरुको पूजापाठ निकै प्रभावित भएको छ । हुनत राम जन्मोत्सवसँग जोडिएका पूजाहरु मन्दिरमा गरिने राम मन्दिरका महन्थ राम गिरिले बताए । मन्दिर भित्र सबै कार्यक्रम हुन्छ तर भक्तजन सहभागि हुदैन उनले बताए । पहिलाका वर्षहरुमा रामनवमीमा हजारौं भक्तजनहरुको भीड हुन्थ्यो ।

देशविदेशका साधुसन्तहरु आउँथे । तर यसपाली लकडाउनका कारण कोही आएको छैन । प्रदेश सांसद रामअशिष यादवले कोरोन भाइरसको प्रकोपलाई बचाइहाल्नुपर्छ त्यसपछि सबैथोक हुन्छ बताए । उनले भने घर घरमा अझै जाप गरेर पूजा गर्न सल्लाह दिए ।

घर घरमा सोहर
जनकपुधामरमा मात्र नभई पूरै मिथिलाञ्चलको घर–घरमा सोहर (बच्चाजन्मको बेला गाइने गीत) गायन एकमहिना पहिलादेखि नै शुरु भएको छ । मर्यादा पुरुषोत्तम भगवान रामको आज जन्मदिवस रहेको छ ।

जन्मदिनको उत्साहलाई बर्णन गर्दै जनकपुर ७ की मधुबन्नीबाली भन्ने महिला भन्छिन् भगवान रामको जन्म हुनत अयोध्यामा किन न भएको होस तर त्यो उत्सवको माहोल उहाँकोे ससुराली जनकपुरमा पनि कम छैन् ।

उहाँ सोहरको एक पंक्ति सुनाउदै भन्छिन् –जँ जन्मल रघुनन्दन बन्धन टुटल रे, ललना रे हरि देलक दन्त गराई, तुतना भेल मुरझाइ…..।

जनकपुरधामा दुई वटा दरबारलाई कोरोना भाइरसको प्रकोपका कारण सजाइएको छैन । मन्दिर भित्र मिथिला दरबार र अयोध्या दरबारमा पूजा भइरहेको छ ।

विगतका वर्षहरुमा अयोध्या दरबार अर्थात राममन्दिरलाई सजाउनमा एकसाता पहिला देखि त्यहाँका महन्थ व्यस्तहुन्थे समय वितिरहेको छ उहाँलाइ पहिलाको वर्षहरुमा पत्तो नै चलि रहेको थिएन तर आज मात्र व्यस्त रहेको रा मन्दिरका महन्थ गिरिले बताए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]