About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
जनकपुरमा दुई स्वास्थ्यकर्मीको जागिर चट्

खोज केन्द्र बिहिबार, चैत्र २०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुरधाम, । कोरोना भाइरसको जोखिमलाई चुनौती दिदै विरामीहरुको उपचारमा खटिएका दुई स्वास्थ्यकर्मीले आफ्नो स्वास्थ्यको सुरक्षाको लागि उपकरण मागेपछि निलम्बनमा परेका छन् । उनीहरुलाई अस्पताल प्रशासनले निलम्बन गरेपछि अन्य स्वास्थ्यकर्मीहरु पनि आन्दोलित बनेका छन् ।

धनुषाको जनकपुरधाम स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालको ब्रम्हपुरीस्थित सिटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले अत्यावश्यक पीपीई र उपकरण माग गरेपछि दुई जनालाई अस्पताल प्रशाशनले निलम्बन गरेपछि बिभिन्न वार्डहरुमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरु कामकाज अवरुद्ध गरेर आन्दोलित बनेका हुन् ।

अस्पतालमा पेडरेटिक वार्ड इञ्चार्ज नम्रता राणा र कम्बाइण्ड वार्डका इञ्चार्ज उदित कुमारी महतोलाई अस्पताल प्रशाशनले निलम्बर गरी कारवाही गरेपछि अस्पतालमा कार्यरत झण्डै डेढ़ दर्जन स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन ।

कारोना संक्रमितहरुको लागि आइसोलेसन सेन्टरको रुपमा समेत तोकिएको यो सिटी अस्पतालमा आफूहरु ज्यान जोखिममा हालेर काम गरेको र काम गर्दा चाहिने आवश्यक उपकरण र सामग्रीहरु माग गरेपछि यतिबेला उल्टै कारवाही गरेकोले आन्दोलनमा उत्रनु परेको भन्दै स्वास्थ्यकर्मीहरुले आक्रोश व्यक्त गरेका छन् ।

यता अस्पताल प्रशासनले भने दुई जना व्यक्तिले आफूहरुले काम नगर्ने भनेपछि अस्पतालले कारवाही गरेको दावी गरेको छ । अस्पतालका म्यानेजर सुनील यादवले ‘सिस्टरहरुले कोअपेरट’ न गरेपछि कारवाही गरिएको दावी गरे ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]