About Contact
०७ बैशाख २०७८, मंगलबार
Close
बिज्ञापन
कसरी भयो कोरोना उपकरण खरिदमा सेटिँग !

खोज केन्द्र बुधबार, चैत्र १९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

११ चैतमा अत्यावश्यक सामग्री खरीदका लागि स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा केही सीमित कम्पनीका प्रतिनिधिलाई मात्र निम्त्याइएको छ, जसमध्ये ओबीसीआई एक थियो ।

छलफलमा ओबीसीआईका तर्फबाट अध्यक्ष सिंह, प्रबन्ध निर्देशक केशबहादुर, महाप्रबन्धक केसी नभई डा. सीमा सिटौला (श्रीमा) उपस्थित थिइन् । छलफलमा सिटौलाले आफू ओबीसीआईको प्रबन्ध निर्देशक भएको दाबी पनि गरेकी थिइन् ।

नयाँ कम्पनीले ठूलो परिमाणमा स्वास्थ्य उपकरण सहितका सामग्री खरीद गर्ने जिम्मा पाएपछि औषधिजन्य उपकरण आपूर्ति गर्ने व्यवसायीको छाता संस्था ‘रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल’ (केमसान) ले १६ चैतमा विज्ञप्ति जारी गर्दै मन्त्रालयले निश्चित व्यापारीहरुलाई मात्र बोलाएर प्रचलित भन्दा बढी मूल्यमा सामानहरु खरीद गरेको आरोप लगाएको छ।

केमसानको विज्ञप्ति अनुसार स्वास्थ्य सेवा विभागको व्यवस्थापन शाखाले २५ माघ २०७६ मा नै सामग्री खरीदका लागि आफूहरुसँग प्रस्ताव मागेको थियो । त्यसपछि व्यवसायी र शाखाका कर्मचारीहरुका बीचमा पटक–पटक छलफल पनि भएको थियो ।

केमसानका अध्यक्ष सुरेश घिमिरेद्वारा जारी विज्ञप्ति अनुसार, सरकारको निर्देशन अनुसार नै सामग्रीहरुकोे कोटेसन इमेलबाट पठाइएको थियो तर थप प्रक्रिया अघि बढेन ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.महेन्द्र श्रेष्ठका अनुसार, ओबीसीआईका तर्फबाट कम्पनीको प्रबन्ध निर्देशक (एमडी) भएको बताउँदै झापाकी श्रीमा सिटौला उक्त बैठकमा उपस्थित थिइन् ।

आपूर्ति शाखा निर्देशक डोटेलका अनुसार पनि मन्त्रालयमा ओबीसीआईका तर्फबाट हस्ताक्षर गर्न डा. सीमा सिटौला नै उपस्थित भएकी थिइन् । सिटौला पेशाले छाला रोग विशेषज्ञ हुन् ।

ओबीसीआईसँग आबद्ध एक कर्मचारीका अनुसार, डा.सिटौला कम्पनीसँग सम्बद्ध भए पनि प्रबन्ध निर्देशक चाहिँ होइनन् । तर, यसबारे सिटौलालाई टेलिफोन सम्पर्क गर्दा ‘आफू काममा व्यस्त भएकाले बोल्ने फुर्सद नभएको’ प्रतिक्रिया दिइन् ।

स्रोतका अनुसार, सिटौला संलग्न ओबीसीआई कम्पनीलाई ठेक्का दिने विषय स्वयं विभाग र स्वास्थ्य मन्त्रालय समेतको काबुमा थिएन । “ठेक्कामा प्रधानमन्त्रीकै सचिवालयका सदस्यको ठाडो हस्तक्षेप देखिन्छ । त्यसैले सिंहको प्रतिनिधिका रुपमा सिटौलालाई अघि छलफलमा पठाइएको देखिन्छ”, स्रोत भन्छ ।

ओबीसीआई प्रालि महँगोे र गुणस्तर प्रमाणित नगरी सामग्री ल्याएको विषयमा तीव्र आलोचना भएपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आफू अप्ठेरोमा परेको भन्दै कम्पनीलाई थप सामान ल्याउन नदिने तयारी गरिरहेको बताइएको छ । र, यसैको तयारीस्वरुप ती सामग्रीको प्रयोग तत्काल रोक्न निर्देशन दिइएको पनि बुझिएको छ ।

तर, कम्पनीसँग खरीद सम्झौता गरिसकेकाले थप सामान ल्याउन नदिने निर्णयमा पुग्न भने कठिन देखिन्छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ भने ओबीसीआई भन्दा सस्तोमा सामान उपलब्ध गराउन सक्ने कम्पनीबाट अहिले पनि सामग्री खरीद गर्न सरकार तयार रहेको बताउँछन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]