काठमाडौं । कोरोना सन्त्राशको चरम अवस्था बनाएर सरकारी पदाधिकारीहरुले चीनबाट खरिद गरेको रयापडि टेष्टिङ किट कामै नलाग्ने पाइएको छ ।
बजार मूल्यभन्दा दसौं गुणा बढी दररेटमा ल्याइएका सामान गुणस्तरहिन भएको भन्दै आलोचना भइरहेका बेला ¥यापिट टेष्टिङ किट विश्व स्वास्थ संगठनलेसमेत मान्यता नदिएको रहेको खुलेको छ ।
दुई महिनाअघि नै कोरोनाको संभावित संक्रमणको आँकलन गरिसक्दा समेत स्वास्थ मन्त्रालयले आवश्यक स्वास्थ सामग्रीको जोहो गरेको थिएन । संक्रमणको त्राश बढेपछि क्रित्रिम रुपमा अभाब खडा गरेर सरकारले कोरोना संक्रमणका लागि आवश्यक स्वास्थ सामग्री खरिद गर्ने प्रकृया अगाडि बढाएको हो । गएको आइतबार चीनको गोन्झाओबाट ल्याइएका स्वास्थ सामग्री सेटिङमा ल्याइएको भन्दै मूलधारका सञ्चारमाध्यमले सप्रमाण समाचार सम्प्रेषण गरेका छन् ।
तर स्वास्थका पदाधिकारी भने जबर्जस्ती अभावको नाममा वाध्य भएर खरिद गरिएको स्पष्टीकरया दिइरहेको छन् ।
यसबारे प्रधानमन्त्रीले समेत कुनै चासो देखाएका छैनन् ।
स्वास्थ मन्त्री भानुभक्त ढकाललगायत मन्त्रालयका सचिब र स्वास्थ विभागका महानिर्देशकले गरेका बचाउ हास्यास्पद देखिएका छन् । चरम अभावको अवस्था देखाएर नै भ्रष्टाचारजन्य कार्य गरेको देखिन्छ – राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव ज्योति बानियाँले भने ।
भ्रष्टाचार गर्दा पनि गुणस्तरीय सामान ल्याएको भए कमसेकम सर्वसाधारणको स्वास्थमा खेलबाड हुने थिएन भन्दै बानियाँले संसारबाट अस्वीकृत भएको ¥यापिड टेष्टिङ किट ल्याइएनु गम्भिर अपराध भएको बताए ।