About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
बुहानको यो घटनाले नयाँ प्रश्न खडा: दाहसंस्कारपछि खरानी संकलन गर्न घन्टौ लाइनमा मृतकका आफन्त

खोज केन्द्र मंगलबार, चैत्र १८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

बुहानको अन्त्येष्टि गृहमा खरानीको थुप्रोमा मृतकको परिवारका सदस्यहरु श्रद्धाञ्जली दिन लामो लाइन लागेकाले कोरोना भाइरसका कारण कतिको मृत्यु भएको हो वास्तविक मापन बारे प्रश्न खडा गरिदिएको छ । चिनिया सरकारले यसलाई दबाउन संघर्ष गरिरहेको विभिन्न समाचार एजेन्सीहरुले आरोप समेत लगाएका छन् ।

सेन्ट्रल चिनीया शहरमा भाइरसबाट मृत्यु भएकाका आफन्तहरुलाई अघिल्लो हप्तादेखि आठ स्थानीय दाससंस्कार गृहबाट दासंसंस्कारपछिको खरानी संकलनका लागि छुट दिइएको छ । जसका कारण त्यहाँ दासंस्कारको खरानी संकलन गर्न गएका हजारौ लस्कर देखिएका तस्विर सामाजिक संजालमा देखिएको बताइएको छ ।

दासंस्कारगृहको बाहिर बुधबार र विहिबारमात्र २५ सय कलशहरु रहेको चिनिया मिडिया आउलेट कैक्सिनले जनाएको छ । त्यसैगरि अर्काे मिडियाले ३५ सय कलश चउरमा राखिएको तस्विर प्रकाशन भएको मिडियाहरुले जनाएका छन् ।

जसका कारण कति कलश भरिए भन्ने एकिन भएको छैन । दासंस्कारगृहका मानिसलाई समेत वुहानमा कति त्यस्ता कलश खरानी संकलनका लागि रहेका छन् थाहा नभएको बताउँछन् ।

कतिपय परिवारले खरानी संकलन गर्नका लागि घन्टौ प्रतिक्षा गर्न परेको बताएका छन् । यी तस्विरहरुले भाइरसबाट कतिको मृत्यु भएको छ भन्ने एकिन नगरेको भन्दै एजेन्सीहरुले आशंका व्यक्त गरेका हुन् ।

चीन सरकारका अनुसार वुहानमा २ हजार ५ सय ४८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । जनवरीबाट शुरु गरिएको लकडाउन नयाँ केश शुन्यमा झरेपछि खुलाइएको थियो । तर, चीनका सरकारी तथ्यांकलाई लिएर कतिपयले आशंका समेत व्यक्त गरेका छन् । सामाजिक संजालमा वुहान अफिसियललाई अनुशासनको कार्वाही गर्नुपर्ने समेत आवाज सुनिएको छ । सो मिडियाले कोभिड १९ को लक्षण देखिएका तर टेष्ट नभएकालाई सो तथ्यांकमा समावेश नगरिएकोे जनाएको छ ।

कोरोना भाइरस संक्रमितको भिडका कारण अस्पतालहरुले अन्य रोगका विरामीलाई उचित उपचार गर्न नसक्दा समेत मृत्यु भएको थियो । सन् २०१९ को चौथो त्रैमासिकमा वुहानमा १३ हजार ८ सय ५६ को अन्तिम दाससंस्कार गरिएको ब्लूमबर्गले शहरको नागरिक मामिला एजेन्सीको डाटाका आधारमा गणना गरेको छ ।

जनु २०१८ को चौथो त्रैमासिकको भन्दा २ हजार ४ सय १९ ले कमी रहेको देखिएको बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]