About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
धनुषाको शहिदनगर नगरपालिकामा भारतबाट आएकाको परिक्षण गरिएन, क्वारेन्टाईन अझै संचालनमा आएन

खोज केन्द्र मंगलबार, चैत्र १८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको शहिदनगर नगरपालिका मा राति करीब चार बजे भारत मा रोजगारी को शिलसिलामा गएका स्थानियहरु गाउँ फर्किने क्रम बढेपछी नगरपालिकामा खलबली मच्चेको छ ।

प्राप्त सूचना अनुसार शहिद नगरपालिका वडा नं.८ विसरभोरा टोल मा ४ जना भारत को सुरत र दिल्ली बाट घर फर्केका हुन । उनीहरुको आगवनले वडाबासी नै भयभीत बनेका छन ।

भारतबाट आउनेमा राजगिर दासको छोरा ३० बर्षको राधे दास , रामचन्द्र दासको छोरा २८ बर्ष को सन्तोष दास, मल्हु दास को छोरा ४१ बर्ष को रबिन दास र एक जना ५० बर्ष नेपाली भन्ने सितार्फी दास छन ।

बाहिरबाट आएका हुनाले उनीहरुलाई क्वारेन्टाईन मा राख्न सरकारले उर्दि जारी गरेको छ । यद्द्पी उनीहरुलाई वारेन्टाइन मा राख्ने वा स्वास्थ्य परिक्षण तर्फ न प्रहरी प्रशासन न त नगरपालिकाका मेयर चासो दिएका छन ।

सस्तोलोकप्रीयतामा लिप्त नगरप्रमुख उदय बरबरिया लाई पटक पटक जानकारी गराएपनि स्वास्थ्य परिक्षणका लागि कुनै चासो नदिएको स्थानियहरुको आक्रोश छ ।
क्वारेन्टाईन संचालनका लागि तयारी अन्तिम चरनमा रहेको मेयर बरबरियाले बताए ।

 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]