About Contact
२३ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
ग्यासको सिलिन्डर बोकेको व्यक्तिलाई उठबसगराउने प्रहरीमा कारवाही सुरु

खोज केन्द्र सोमबार, चैत्र १७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

खाना पकाउने ग्यासको सिलिन्डर बोकेको व्यक्तिलाई प्रहरीले उठबस गराएर कारबाही गरेको तस्बिर यतिबेला सामाजिक सञ्‍जालमा भाइरल भइरहेको छ। यो तस्बिरले कोरोना भाइरस नियन्त्रणका लागि अहम् भूमिका खेलिरहेको प्रहरीको चर्को आलोचना भइरहेको छ।

यो तस्बिर भाइरल भएसँगै प्रहरीले आवश्यक छानबिन अघि बढाएको छ। तस्बिरको वास्तविकता पत्ता लगाउन प्रहरीले छानबिन अघि बढाएको हो।

ग्यास सिलिन्डर बोकेका व्यक्तिलाई एकजना प्रहरीले सडकमै उठबससहित कारवाही गरेको तस्बिर आइतवारदेखि सामाजिक सञ्‍जालमा भाइरल बनेको थियो।

सामाजिक सञ‍जाल प्रयोगकर्ताहरुले यस तस्बिरलाई लिएर प्रहरीले जनताको आवश्यकता नबुझी कारवाहीमा उत्रेको भन्दै भन्दै आलोचना गरेका थिए।

सामाजिक संजाल प्रयोगकर्ता लेख्छन, ‘यस किसिमको प्रहरीको हर्कत ज्यादै ज्याजतिपूर्ण रहेको छ। यसले आमजनतामा निराशा थपिएको छ।’

सोमबार बिहान एक सन्देश लेख्दै प्रहरी प्रधान कार्यालयले यस  विषयमा व्यापक जनगुनासो आएकोले छानबिन हुने बताएको छ। प्रहरी प्रधान कार्यालयको सन्देशमा भनिएको छ, ‘यो कहाँको घटना ? यसबारे छानबिन अगाडि बढिरहेको छ। अहिलेसम्म यो घटना कहाँ भएको हो? र, यी व्यक्ती को हुन भन्‍नेबारे जानकारी आएको छैन। हामी अनुसन्धान गरिरहेका छौँ।’

सम्बन्धित

ताजा अपडेट
नयाँ राजनीतिक रणनीति: आजको राजनीतिका सम्भावित परिदृश्य
मन्त्री सोनलद्वारा राप्ती–दुधौरा डाइभर्सन बहुउद्देश्य आयोजना निरिक्षन
जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइने : मुख्यमन्त्री राउत

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]