धनुषाको शहिदनगर नगरपालिकामा शहिद रामसेवक यादव (खलीफा) को स्मृति दिवसमा कांग्रेसले मास्क बितण गरेको छ ।
श.न.न.पा. वडा न. – १, वालावाखर स्कुल नजिक २०५८ साल चैत्र १६ गते तत्कालीन माओवादीले हत्या गरेको तत्कालीन गा.वि.स. अध्यक्ष शहिद रामसेवक यादव (खलीफा) को स्मृति दिवसमा वडा अध्यक्ष श्तेजीलाल यादवको अध्यक्षतामा उपस्थीथ नेपाली कांग्रेस मेयर प्रत्याशी देवेन्द्र कुमार भरखेर, पूर्व म.स.स. सत्रूधण यादव, ट्रेड यूनियन प्रदेश – २ का स. सचिव राम ईशवर यादव र ने.वि.संघका पूर्व केन्द्रीय सदस्य श्री शिवशंकर गोईत र ने.का. का नेता कार्यकर्ताको उपस्थितिमा श्रद्धा सुमन अर्पण गरिएको छ ।
साथै वडा न. १ को हरेक टोलका प्रतिनिधिलाई ३००० (तिन हजार) मास्क जिम्मा दिई भिडभाड नहुने गरी टोल – टोलमा पुगी घर – घरमा मास्क पुर्रयाई दिनु हुन अनुरोध समेत गर्यौ, कांग्रेसका यूवा नेता साधु गोईतले बताए।
शहिदनगर नगरपालिका वडा न. १ देखी वडा न. ९ का लकडाउन अवधिभर अति विपन्न परिवार का सदस्य राती अन्नको अभावमा भए नेपाली कांग्रेस श.न.न.पा. कार्यसमिति द्वारा चामल दाल आलु र नून डेलिभरी गरी तपाईको घर दैलोमा पुर्याउने गोईतले बताए ।