About Contact
१० आश्विन २०७७, शनिबार
Close
बिज्ञापन
बुटवल कोरोना अस्पताल: युवकको शव बुझ्न आफन्तहरू हच्किए

खोज केन्द्र आइतबार, चैत्र १६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

कोरोनाभाइरस संक्रमणको आशंकामा उपचारका लागि लुम्बिनि कोरोना (अस्थायी) अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकको शव बुझ्न आफन्तहरू हच्किएका छन् ।

qमा उपचारका क्रममा आइतबार मृत्यु भएका रुपन्देहीको सैनामैना ४ निवासी ३४ वर्षीय बाबुराम थापाको शव बुझ्न आफन्त र छरछिमेक कोही नआएको अस्पतालले जनाएको छ ।

आफन्त र छरछिमेक कोही अघि नसरेपछि अस्पतालले नै शव व्यवस्थापन गरेको छ ।

“उहाँको श्रीमती मात्र हुनुहुन्थ्यो, अरू कोही पनि आउनुभएन,” अस्पतालका डा. थापाले  भने “आफन्त र छरछिमेक कोही पनि नआएपछि हामीले नै शवलाई लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राख्ने व्यवस्था गर्‍यौं, रिपोर्ट आएपछि मात्र शवको अन्तिम संस्कारका बारेमा टुंगो लाग्छ ।”

डा. थापाका अनुसार मृतक थापा ६ चैतमा दुबईबाट नेपाल आएका थिए । दुबईमा पर्यटक ओसार्ने ट्याक्सी चालकको रुपमा कार्यरत उनलाई नेपाल आउँदा नै ज्वोरो आएको थियो ।

७ चैतमा चेक जाँच गर्दा ज्वोरो देखिएपछि उनले घर नजिकैको स्थानीय मेडिकलमा उपचार गराएका थिए । मेडिकलको उपचारले सञ्चो नभएपछि १३ चैतमा मात्र उनी अस्पतालको सम्पर्कमा आएको डा. थापाले बताए ।

बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका उनको आज बिहानदेखि स्वास्थ्य थप खराब भएर मृत्यु भएको डा. थापाले बताए ।

उनको मृत्युको कारण कोरोनाभाइरसको संक्रमण हो वा होइन भन्ने स्पष्ट भईसकेको छैन । थापाले उनको स्वाब परिक्षणका लागि आज मात्रै काठमाडौ पठाइएको र प्रयोगशालाबाट रिर्पोट आएपछि मात्र पुष्टि हुने बताए ।

बुटवलमा कोरोना विषेश अस्पताल स्थापना गरिए पनि बिरामीका लागि आइसीयू र भेण्टिलेटरको सुविधा छैन । दुबईबाट आएका ती युवालाई आइसीयु भएको हस्पिटलमा सार्ने तयारी गर्दागर्दै मृत्यु भएको डा. थापाले बताए ।

सम्बन्धित

ताजा अपडेट
नेशनल ईन्जिनियर्स एसोसिएसन धनुषा अध्यक्षमा यादव
अख्तियारद्वारा १७ हजार कर्मचारीलाई कारवाही गर्न निर्देशन
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]