About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
दक्षिण एसियाली कोरोना: सबैभन्दा बढी मृत्यु भारतमा, बढी संक्रमित पाकिस्तानमा

खोज केन्द्र आइतबार, चैत्र १६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

 

 

काठमाडाैँ, । विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेभिड-१९ अर्थात् काेराेना भाइरस दक्षिण एशियाली मुलुकमा भने तुलनात्मक रूपले कमजाेर देखिएकाे छ । तथापि यसकाे फैलावट बढिरहेकाे छ ।

 

हालसम्म दक्षिण एसियाली (सार्क क्षेत्र) देशहरूमध्ये काेराेना भाइरसबाट सबैभन्दा बढी भारतमा मृत्यु भएकाे छ । त्यहाँ याे समाचार तयार पार्दासम्म २४ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये पछिल्ला एकै दिनमा ४ जनाकाे मृत्यु भएकाे छ । तर कुल संक्रमितकाे संख्या भने पाकिस्तानमा सबैभन्दा बढी देखिएकाे छ ।

 

पाकिस्तानमा हालसम्म कुल १ हजार ३९५ जनामा काेराेना संक्रमण देखिएकाे छ । जसमध्ये पछिल्लाे एक दिनमा मात्र १२२ जना नयाँ संक्रमित देखा परेका छन् । भारतमा भने कुल संक्रमितकाे संख्या ९८७ पुगेकाे छ, जसमा १०० नयाँ संक्रमित पछिल्लाे एक दिनमा मात्र देखापरेका हुन् ।

 

पाकिस्तानमा काेराेना कारण १२ जनाकाे ज्यान गएकाे छ । पछिल्लाे एक दिनमा त्यहाँ १ जनाकाे मृत्यु भएकाे छ । यसैगरी बंगलादेशमा कुल ५ जनाले ज्यान गुमाएका छन् भने अफगानिस्तानमा ४ जनाकाे मृत्यु भएकाे छ । श्रीलंकामा पनि पहिलाेपटक काेराेनाबाट १ जनाकाे ज्यान गएकाे छ । बाँकी ३ सार्क देश (नेपाल, माल्दिभ्स, भुटान)मा भने अहिलेसम्म काेराेनाका कारण मृत्यु भएकाे पुष्टि भएकाे छैन ।

 

श्रीलंकामा ११३ जनामा काेराेना भाइरस देखिएकाे छ भने बंग्लादेशमा ४८ जनामा । त्यसैगरी माल्दिभ्समा १६ जना, नेपालमा ५ जना तथा भुटानमा ३ जना काेराेनाका बिरामी फेला परेका छन् । जसमध्ये पछिल्लाे एक दिनमा श्रीलंकामा ७ जना नयाँ बिरामी देखा परेका छन् भने नेपालमा १ जना नयाँ संक्रमित भेटिएका छन् ।

 

हालसम्म काेराेना पाेजिटिभ देखिएर भारतमा सबैभन्दा बढी ८४ जना पूर्ण निकाे भइसकेका छन् । त्यसैगरी पाकिस्तानमा २९, बंगलादेशमा १५, श्रीलंका र माल्दिभ्समा ९/९ जना, अफगानिस्तानमा २ र नेपालमा १ जना निकाे भइसकेका छन् ।

 

काेराेना महामारी फैलन नदिन सबै सार्क साष्ट्रहरूले प्रतिबन्धात्मक कार्यक्रमहरू प्रभावकारी बनाइरहेका छन् । लकडाउन, अन्तर्राष्ट्रिय सम्पर्क बन्द, सीमानाका बन्द जस्ता कार्यक्रममार्फत काेराेना फैलन नदिने कार्यहरू नेपाललगायत सबै सार्क देशहरूले अपनाएका छन् ।

 

चीनकाे वुहान शहरमा पहिलाेपटक गत डिसेम्बर अन्त्यतिर देखिएकाे काेराेना भाइरस अहिले विश्वका सबैजसाे देशमा फैलिसकेकाे छ । यूराेपेली मुलुक र अमेरिका पछिल्लाे समय काेराेना भाइरसकाे महामारी सबैभन्दा बढी फैलिएकाे छ ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]