About Contact
१२ आश्विन २०७७, सोमबार
Close
बिज्ञापन
बल्ल सुरुभयो प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमनको परिक्षण

खोज केन्द्र शनिबार, चैत्र १५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरस्थित प्रादेशिक अस्पतालले कोरोना भाइरस (कोभिड–१९)संक्रमितको उपचारका लागि २५ बेड तयार पारेको छ ।

अस्पताललाई प्रदेश सरकार सामाजीक, विकास मन्त्रालयले चाहिने थर्ड लेयरको पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट(पिपिइ) उपलब्ध गराएकोले भोलिदेखि सेवा सुचारु हुने गरि २५ बेड (Isolation Ward) तयार पारेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) माहामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रादेशिक अस्पतालले आन्तरिक तयारी पुरा गरिसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न लागि नै अस्पतालको सम्पूर्ण वार्डहरुको सेवा बन्द गरेर अहिले आकस्मिक सेवा मात्र सञ्चालन गरेको  बताए ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न तथा आम जनतालाई सेवा दिनका लागि आफूहरु दृढ भएको यसको तयारी पनि गरेको डा. यादवले बताए ।

जनकपुर नर्सिङ क्याम्पस, पोषण पुनस्र्थापना गृह, ए आइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारीलगायत कार्यालय सहायक तथा स्वीपरहरुको रिजर्भ पुल निर्माण गरिसकेको बताए।

ज्वरो क्लिनिक, इमरजेन्सी आइसोलेसन वार्ड र संभावित कोभिड–१९ आईसीयू सञ्चालन गर्न सबैलाई काम गर्न खटाइसकेको मेसु यादवले बताए । भोलीबाट प्रादेशिक अस्पतालले सेवा शुचारु गर्ने गरि तयारी गरेको छ । भोली यसका लागि आकस्मिक बैठक पनि बोलाएको छ ।

तयार पारिएको उपचार केन्द्रमा १० बेडको ICU र ७ बेडको फिबर क्लिनिक तथा १० बेडको २५ बेडको उपचारकेन्द्र रहेको छ ।सो उपचार केन्द्रमा आजै मन्त्रालयको सचिब डा.रामप्रसाद घिमिरेको टोलीद्वारा निरीक्षण पनि गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
धर्मेन्द्र यादव (गोपालको )१६ औं स्मृति दिवस सम्पन्न
प्याज माफिया: ३५ रुपैयाँमा खरिद गरी १ सयमा बिक्री गर्छन ब्यापारी
प्रदेस २: श्रीराम सुगर मिल्ससँग भुक्तानी माग गर्दै रौतहटका उखु किसान आन्दोलनमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]