हामी सुनिरहेका छौं, यो एउटा भयावह युद्ध हो ।
के साँच्चै कोरोनाभाइरसको संक्रमण एउटा भयावह युद्ध हो? कुन आधारले मानौं की यसले युद्धको झल्को दिन्छ भनेर?
स्पष्ट छ, राजनीतिसँग यसको कुनै तर्क र जवाफ छैन। त्यसैले राजनीतिकर्मीले यसलाई युद्ध भनिदिएका छन्। प्रधानमन्त्रीले टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै स्वतन्त्रता नियन्त्रण गर्ने भाषण गरिरहेका बेला विपक्षीहरू त्यसको समर्थनमा तालि बजाउँछन् ।
संसद छ, जो यो सब गर्ने थलो बनेको छ तर त्यसको आफ्नै गति छ । मानिसहरू घरभित्र थुनिएका छन् । उनीहरूको लडाईं घरभित्रै सीमित भएको छ । राष्ट्रिय एकताको सरकार बनाउने विषयमा बहस चलिरहेको छ । तर वास्वतमा राजनीति पूरापूर गायब भएको छ ।
तर यो राजनीतिका लागि पूर्णविराम होइन । यो राजनीतिक कमजोरीहरूको खुलासा हुने एउटा अवस्था मात्रै हो । लोकतन्त्रमा हामी राजनीतिलाई हाम्रो समर्थनमा विभिन्न पार्टीबीच हुने प्रतिस्पर्धाका रुपमा बुझ्छौं । हामी राजनीतिक जीवनमा को के बन्छ भन्ने विषयमा बढी केन्द्रीत हुन्छौं ।
हामीले भोट दिएपछि ऊ के बन्छ, हाम्रा लागि कसले के गर्ने वाचा गरेको छ र को फाइदाको लागि भोट माग्दैछ ? हामी यसैमा बढी केन्द्रीत भईरहेका हुन्छौं । हामी चुनावलाई यीनै प्रश्नहरूको उत्तर खोज्ने एउटा माध्यमका रुपमा बुझ्दछौं । तर लोकतन्त्रमा सबैभन्दा ठूला प्रश्न हुन्, हामीले दिएको भोटको आधारमा सरकार बनाएपछि तिनीहरूले कसरी असाधारण शक्तिको प्रयोग गर्ने छन् र तिनीहरूको व्यवहारमा हामी कस्तो प्रतिक्रिया दिनेछौं ?
यी यस्ता प्रश्न हुन् जसले सँधै राजनीतिका सिद्धान्तहरूलाई घेरामा राखिरहेका हुन्छन् । तर तिनीहरू अब त्यति सैद्धान्तिक रहेनन् । वर्तमान संकटले यो देखाइदिएको छ । कसले कसका लागि के गरिदिन्छ भनेर सोच्ने प्रवृत्ति सिद्धान्त भन्दा बढी राजनीतिक अस्तित्वलाई कमजोर बनाउने प्रमुख कारणका रुपमा देखा परिरहेको छ ।
आधुनिक राजनीतिको केन्द्रमा सामूहिक आवश्यक्ता र व्यक्तिगत चाहना बीचको व्यापार मुख्य बनेको देखिन्छ । यो १७औं शताब्दीका दार्शनिक थोम होब्बसले देशहरू गृहयुद्धद्वारा थिलथिलो भएकावेला प्रतिपादन गरेको “फस्टीएन बार्गेनिङ” को सिद्धान्त हो ।
होब्बसलाई थाहा थियो, राजनीतिक शासन गर्नु भनेको नागरिकमाथि जीवन र मृत्युको निर्णय गर्ने शक्ति राख्नु हो । त्यही कारणले होला हामी कुनै व्यक्तिलाई हाम्रो शक्ति सुम्पेर शासक बनाउँछौं, सामूहिक सुरक्षाका लागि विश्वासको मूल्य तिर्छौं । यसको अर्थ यो पनि हो कि हामी हाम्रो जीवन र मृत्युको निर्णय सुम्पिरहेका हुन्छौ, जुन पछि गएर हाम्रो नियन्त्रणभन्दा बाहिर जान्छ ।
मुख्य समस्या के हो भने राजनीतिमा भोट माग्नेहरू अन्तिममा चुनाव जितेपछि आफ्ना वाचा पूरा गर्दैनन्, जुन तिनीहरूले भोट माग्दा गरेका हुन्छन् ।
त्यतिवेला हामीसँग केवल दुईवटा विकल्प हुन्छन् । कि त आफ्नो अधिकारको शक्ति प्रयोग गरेर शासकलाई चुनावमा भोट माग्दा गरेका वाचा पूरा गर्न बाध्य तुल्याउने । होइन भने राजनीतिक संकटको सामना गर्ने, जुन होब्बसले भने जस्तै हामीले सबैभन्दा बढी त्रासको वातावरणको सामना गर्ने हो ।
लोकत्नत्रमा हामीसँग नेतालाई अर्को चुनावसम्म पर्खिने र उसले गरेका कमजोरीको सजाय दिने महत्वपूर्ण सुविधा हुन्छ । तर जब आफ्नो मुल अस्तित्व नै संकटमा पर्न थाल्छ यस्ता विषय तपसिलमा समेटिन्छन् ।
यद्यपी, फेरि पनि विषय सजायको होइन, आवश्यक्ता अनुसारको निर्वाध अभिव्यक्ति स्वतन्त्रताको हो । यसले त नेताहरूको जागिरसम्म जाला, जो शक्तिमा भएकै कारण केही जोहो गरेर बसेका छन् । तर हामी हाम्रो अस्तित्व मात्रै होइन, सिंगो जीवन गुमाउन सक्छौं ।
आधुनिक राजनीतिको केन्द्रमा सामूहिक आवश्यक्ता र व्यक्तिगत चाहना बीचको व्यापार मुख्य बनेको देखिन्छ । यो १७औं शताब्दीका दार्शनिक थोम होब्बसले देशहरू गृहयुद्धद्वारा थिलथिलो भएकावेला प्रतिपादन गरेको “फस्टीएन बार्गेनिङ” को सिद्धान्त हो ।
लोकतन्त्रमा आम सहमति बाहेक यसको विकल्प स्पष्ट गरिएको छैन । तर अहिले अवस्था त्यति व्याकुल बनिसकेको पनि छैन । सरकारले आफ्ना निर्णयहरू आम नागरिकका भाषामा गरिरहेको देखाउने यत्न जारी राखेको छ ।
सत्ताले अझैं देखाउनैका लागि भएपनि व्यक्तिमाथिको विश्वास गुम्न नदिएको उदाहरण प्रस्तुत गर्न खोजेको छ । तर यूरोपका मुलुकहरूको अनुभवले सकंट कसरी गहिरिन पुग्यो भनेर स्पष्ट देखाइसकेको छ । इटालीका मेयरको भिडियो फुटेजमा देखिन्छ, उनी कसरी मानिसहरूलाई घरभित्रै बस्नु भनेर चिच्याउँदै माइकिङ गरिरहेका छन् ।
“मलाई भोट देऊ वा अरू कसैलाई” भनेर भन्नु नियमित लोकतान्त्रिक राजनीति हो । “यसो गर होइन भने…” भन्नु कमजोर लोकतान्त्रिक राजनीति हो । यस्तो बिन्दुमा यो अरू कुनै प्रकारका राजनीतिभन्दा फरक हुन सक्दैन ।
अहिलेको संकटले थुप्रै तीतोसत्यको रहस्य उद्घाटन गरेको छ । राष्ट्रिय सरकारले वास्तवमै अर्थ राख्दछ, अझ तपाईं कुन र कस्तो खालको सत्ताको मातहतमा हुनुहुन्छ भन्ने विषयले त झनै अर्थ राख्दछ ।
यद्यपी, अहिलेको महामारी एउटा विश्वव्यापी घटना हो । यसले कोही अमुख सरकारले भन्दा पनि फरक तवरले अलग-अलग स्थानमा एउटै प्रकृतीको असर पारेको छ । अहिलेसम्म आ-आफ्नो तरिकाले नियन्त्रणका लागि कामहरू गरिए पनि कोही दुईवटा राष्ट्रले फरक अनुभव गरेको भनेका छैनन् । महामारीको असर समान परेको छ ।
यो सबै घटनाक्रम सकियो भने के सही थियो र के गलत थियो भन्ने हामी देख्ने नै छौं । तर अहिलेको लागि हामी हाम्रो नेताको दयामा बाँची रहेका छौं । यो होब्बसले चेतावनी दिएको जस्तै विषय हो: कुनै पनि राजनीतिको केन्द्रमा मैमत्त हुने वा मनोमानी गर्नुपर्छ भन्ने तत्वको अभाव हुँदैन । तर त्यो व्यक्तिगत प्रवृत्तिका कारण उत्पन्न हुने विषय हो ।
बन्दाबन्दी (लकडाउन) ले लोकतन्त्रको रहस्य पनि उद्धाटन गरिदिएको छ । अरू राजनीति शासनजस्तै लोकतन्त्र पनि अन्तत: शक्ति र व्यवस्थाकै लागि रहेछ भन्ने देखिएको छ । तर हामीले केही आधारभूत फरकहरू पनि देखेका छौं ।
चीन जस्ता निरंकुश शासन प्रणालीहरूमा पनि शासकलाई विकल्प दिन गाह्रो नै हुन्छ । तर उनीहरूका लागि उपर्यूक्त ठहरियो भने लोकतन्त्रभन्दा विपरीत सूचनालाई लामो समयसम्म दबाएर राख्न सक्छन् । जब कुनै कदमल चाल्नु पर्यो भने उनीहरू सहजै अघि बढ्न सक्छन् ।
यस्तो होइन कि लोकतन्त्रमा दयालु, सहज र राम्रा ठाउँहरू छैनन् । तिनीहरू असल हुने कोशिष त अवश्य गर्छन् तर अन्त्य त्यसमा सीमित हुँदैनन् । यद्यपी, लोकतन्त्रमा कठिन वा निरंकुश शासन गर्न गाह्रो नै हुन्छ । संकट गहिरीनुभन्दा पहिले समस्याको समाधान गर्ने क्षमताको लोकतन्त्रवादीमा कमी नै देखिएको छ ।
लोकतन्त्रवादीहरू त्यति वेलासम्म अपेक्षा गरिरहेका हुन्छौं, जति वेलासम्म हाम्रा लागि अर्को विकल्प भेटिदैन । लोकतन्त्रवादीले घुमाउरो तवरले समाधान खोजिरहेको हुन्छ ।
चीन जस्ता निरंकुश शासन प्रणालीहरूमा पनि शासकलाई विकल्प दिन गाह्रो नै हुन्छ । तर उनीहरूका लागि उपर्यूक्त ठहरियो भने लोकतन्त्रभन्दा विपरीत सूचनालाई लामो समयसम्म दबाएर राख्न सक्छन् । जब कुनै कदमल चाल्नु पर्यो भने उनीहरू सहजै अघि बढ्न सक्छन् ।
चीनले निर्ममता पूर्वक गरेको बन्दाबन्दी (लकडाउन) ले अन्तत: रोग नियन्त्रण गर्न सफल भयो । लोकतन्त्र पनि त्यत्तिकै निर्दयी हुन सक्छ जति २०औं शताब्दीका युद्धहरूमा भएको थियो ।
यो युद्धमा दुश्मन तपाईंको सामुन्ने उभिएको छ । यस महामारीको दौरान अवस्था यस्तो बनेको छ कि रोगले संक्रमित हुने र मृत्यु हुने मानिसको गणना गरेर बस्नु परेको छ । लोकतान्त्रिक राजनीति वास्तवमा ‘श्याडो बक्स’ जस्तो बनेको छ । राज्यलाई थाहा छैन कि कुन चिज सबैभन्दा बढी खतरनाक बनिरहेको छ ।
लोकतान्त्रिक अनुकुलता र निरंकुश क्रुरताबीच शक्ति प्रयोगको प्रतिस्पर्धाले हाम्रो भविष्यलाई आकार दिनेछ । हामी भयावह र हिंस्रक दुनियाबाट निकै लामो यात्रा तय गर्दै छौं, जुन होब्बसले करिब ४०० वर्ष पहिल्यै निर्क्यौल गरिसकेको गन्तव्य थियो ।
केही लोकतान्त्रिक मुलुक पनि महामारी व्यावस्थापनमा कामयावी देखिएका छन् । दक्षिण कोरियाले व्यक्तिगत सम्पर्टकलाई ट्रेस गरेर तीव्र गतिमा महामारी नियन्त्रण गरिरहेको छ । तर त्यहाँका शासकहरूसँग भर्खरै सन् २०१५ मा मर्स महामारी नियन्त्रण गरेको अनुभव पनि थियो, जसले केही सहज बनाएको हुनसक्छ ।
इजरायलले पनि धेरै यूरोपीयन मुलुकहरूले भन्दा राम्रो प्रयास गरेको छ । तर यो एउटा यस्तो समाज हो जो पहिल्यैदेखि युद्धले ग्रस्त छ । कुनै पनि चिज तपाईंले पहिल्यैदेखि गरिरहनु भएको छ भने त्यसलाईं फेरि अंगाल्न खासै गाह्रो हुँदैन । जब नयाँ कोशिष गर्नुहुन्छ त्यो असाध्यै कठिन हुनजान्छ ।
केही वर्ष यता वैश्विक राजनीति भनेको केवल प्रतिद्वन्द्वी टेक्नोक्रेसीको विकल्प हो । चीनमा एक दलिय राज्य व्यवस्थाले समर्थन गरेको इञ्जिनियहरूको सरकार छ । पश्चिममा अर्थशास्त्री र केन्द्रीय बैंकहरूको शासन छ, जुन प्रजातन्त्रिक प्रणालीका विरुद्ध काम गर्छ । यसले विशाल र जटिल आर्थिक तथा सामाजिक प्रणालीहरू सञ्चालन गर्ने विषयमा विशुद्ध प्राविधिक तवरले मात्रै सोच्न सिकाउँछ ।
तर गएका केही हप्ता यता नयाँ दृश्यहरू देखिन थालेका छन् । निर्णयहरू कसरी अन्तिम शक्तिको प्रयोग गर्ने भन्नेमा केन्द्रित देखिन्छन् । यिनीहरू मात्रै प्राविधिक प्रश्न होइनन् । कतैकतै त निरंकुशता अपरिहार्य पनि देखिएको छ ।
लोकतान्त्रिक अनुकुलता र निरंकुश क्रुरताबीच शक्ति प्रयोगको प्रतिस्पर्धाले हाम्रो भविष्यलाई आकार दिनेछ । हामी भयावह र हिंस्रक दुनियाबाट निकै लामो यात्रा तय गर्दै छौं, जुन होब्बसले करिब ४०० वर्ष पहिल्यै निर्क्यौल गरिसकेको गन्तव्य थियो ।
हाम्रो राजनीतिक दुनियाँलाई पनि कोही न कोही होब्बसले चिन्ने नै छ ।
लेखक क्याम्ब्रीज विश्वविद्यालयका राजनीतिक शास्त्रका प्राध्यपक हुन्। उनका ‘दी पोलिटिक्स अफ गूड इन्टेन्सन्स’, ‘पोलिटिकल हिपोक्रेसी’, ‘पोलिटिक्स: आईडियाज इन प्रोफाइल’, ‘हाउ डेमोक्रेसी एन्ड्स’ र ‘ह्वेर पावर स्टप्स’ लगायतका पुस्तक प्रकाशित छन् ।
अनुवाद: दिपेश शाही