नेपाल सरकार द्धारा जारी गरिएको लक डाउनको समयमा जनकपुरमा ग्याँस, र नुन कालोबजारी गर्ने २ जना पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट जनकपुर स्थित बजार अनुगमनको लागि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जनकपुर ११ वस्ने वर्ष ४५ को जय प्रकाश साह रहेका छन । साहले ग्याँस सिलिण्डर स्टोरमा राखि ग्राहीहरुलाई विक्री नगरेको कार्यालयले जनाएको छ । यस्तै जनकपुर १४ वस्ने वर्ष ४७ को नरेश साह पक्राउ परेका हुन ।
ग्याँस सिलिण्डर स्टोरमा राखि सेवा ग्राहीहरुलाई विक्री नगरेको र नुन प्रति के.जी रू. ३५ मा बेचि रहेको अवस्थामा ग्याँस सिलिण्डर र नुनको बोरा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको कार्यालयले जनाएको छ ।