About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
कोरोना: धनुषा र महोत्तरीमा फितलो ब्यब्स्थापन, मानिसको ज्यान जोगाउन प्रदेस सरकारले तिव्र गतिमा कदम चाल्नुपर्छ

खोज केन्द्र शुक्रबार, चैत्र १४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

कोरोना भाइरस प्रकोपको मानिसको ज्यान जोगाउने हो भने नेपालमा संघिय सरकार, प्रदेस सरकार र स्थानिय सरकारहरूले अत्यन्त चाँडो गतिमा कदम चाल्नु पर्ने बताएका छन्।

प्रदेस २ को केन्द्र जनकपुरका यूवा, बुद्विजिवी तथा ब्यापारीहरुले समाजिक संजालमा पोखेको आक्रोश अनुसार परीक्षण र एक्ल्याउने काम नगरे अनि सामाजिक दुरी कायम नराखे ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान जान सक्छ।

अत्यन्त खराब स्थितिमा सघन उपचार आवश्यक पर्ने बिरामीहरूको सङ्ख्या धान्न सकिने भन्दा २० गुना ज्यादा हुनेछ।

वैज्ञानिकहरूले आफ्नो अध्ययनको निष्कर्ष ठ्याक्कै नमिल्न पनि सक्ने भन्दै सरकारहरूले कुनै काम नगरेको खण्डमा लाखौं मानिसको ज्यान सक्ने यूवाहरुको आक्रोश छ । 

८ जिल्ला समेटेर बनाईएको प्रदेस २ को अस्थायी राजधानी जनकपुर तथा धनुषामा हाल्ल सम्म एउटा पनि क्वरेन्टाईन संचालनमा आउन नस्क्नु जोखिम झन बढाउनु हो, राजपाका यूवा नेता शिताराम यादवले भने । 

१८ वटा गाँउपालिका, नगरपालिका र उपमहानगरपालिका रहेको धनुषाको सदरमुकाम जनकपुरमा प्रदेस २ सरकार कै मन्त्रालयहरु छन । यद्द्पी धनुषामा हालसम्म कोरोना भाईरसको उचित परिक्षण हुन नसक्नु प्रदेस र स्थानिय सरकारको गैरजिम्मेवारीपन रहेको जनकपुरका ब्यवसायी दिपक गुप्ताको टिप्पणी छ ।

प्रदेस २ को सप्तरीमा ९५ जना, सिरहामा १९ जना, रौतहटमा २८ जना, सर्लाही र बारामा दुई दुई जना क्वारेन्टाईनमा राखिएको छ । यद्द्पी धनुषा र महोत्तरीमा एक जनापनि नराखिनु स्वास्थ्य परिक्षण प्रति जिम्मेवार नदेखिएको उनको गुनासो छ ।

परिक्षणको लागि आउने बिरामीहरुको चेकजाँच प्रभावकारी नबनाउनु प्रदेस सरकारको सस्तोलोकप्रीयता कमाउनु मात्र नभएर नेतृत्वको जिम्मालिनु पर्ने स्थानिय सरोज यादवको तर्क छ । 

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]