जनकपुर, १४ चैत । कोरोनाको महामारीबाट ग्रस्त बिश्व कोरोना भाईरस न्यूनिकरणमा लागेपनि नेपालको प्रदेस २ कै प्रादेशिक अस्पतालमा सेवाग्राहीको स्वास्थ्य परिक्षण समेत गर्न सकेको छैन ।
प्रदेस सरकारले कोरोना भाईरस संक्रमितहरुलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य परिक्षण गर्न सक्ने दाबी गर्दै आएपनि बिरामीहरुले सेवा पाउन नस्क्नु जोखिम बढ्ने स्वभावीक हो ।
जनकपुरधाम सहित आसपास क्षेत्रको शंकास्पद बिरामिहरु अलपत्र परेकोलाई तुरुन्त ब्यबस्थापन गर्न मांग गर्दै केन्द्र, प्रदेस र स्थानिय सरकार बिरुद्व स्थानियहरु आक्रोशित बनेका छन ।
केन्द्र सरकार तथा प्रदेस सरकार कोरोना महामारी न्यूनिकरणका लागि लोकप्रीय घोषणा गरेपनि कार्यान्वयन पक्ष ज्यादै नै फितलो देखिएको जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले टिप्पणी गरे ।
प्रदेस सरकार र स्थानिय सरकारले मिडियावाजी गर्न अस्पतालमा आउने गरेपनि बिरामीको स्वास्थ्य परिक्षणका लागि आवश्यक किट तथा उपकरण, औषधी समेत उपलब्ध नगराएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन ।
ज्वरो लागेर अस्पतालमा स्वास्थ्य परिक्षणका लागि आएका बिरामीहरुलाई चेकजाँच नै नगरी दश दिन पछी अस्पताल आउन भन्दै सेवाग्राहीलाई फर्काउने गरिएको छ ।
प्रदेश २ सरकारको निर्णयले मात्र पुग्दैन ल्याब तुरुन्त संचालन गर्न यूथ एक्सन्फोर्सका अध्यक्ष प्रशान्त झाले मांग गरे ।
प्रादेशिक अस्पतालबाट बिरामीलाई जाँच गर्नु पर्ने ब्यबस्था मिलाउ ज्वोरो सुन्ने बितिकै गेट बाट न फर्काउ भन्दै जनकपुरका यूवाहरुले समाजिक संजालमा जनप्रतिनिधीहरुको आलोचना गरेका छन ।
प्रादेशिक अस्पताल लगायत कोभिड-१९ को लागि विशेष अस्पताललाई सुरक्षा कीट उपलब्ध गराउ, चांडो भन्दा चांडो औषधी छर्किने ब्यबस्था स्थानीय सरकारबाट होस र धनुषा प्रमुख जिल्ला अधिकारिको ध्यान आलु प्याज बाहेक स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न उनीहरुले माग गरेका छ्न ।