About Contact
०४ जेठ २०७९, बुधबार
Close
बिज्ञापन
कोरोना संक्रमितको संख्यामा अमेरिकाले चीन र इटालीलाई पनि उछिने

खोज केन्द्र शुक्रबार, चैत्र १४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यामा अमेरिकाले चीन र इटालीलाई पनि उछिनेको छ। त्यहाँ ८३ हजार ५०० संक्रिमित फेला परिसकेका छन्।

जोहन हप्किन्स् विश्वविद्यालयले तयार पारेको पछिल्लो तथ्यांकलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार चीनमा अहिलेसम्म ८१ हजार ७८२ र इटालीमा ८० हजार ५८९ संक्रमित भएको पुष्टि भएको छ।

तर, मृत्युको हुनेको संख्या भने चीन र इटालीको तुलनामा अमेरिकामा किनै कम छ। त्यहाँ हालसम्म १२०० जनाको मृत्यु भएको छ। मृतकको संख्या चीनमा ३२९१ र इटालीमा ८२१५ पुगिसकेको छ।

अमेरिकामा बिहिबार मात्र २३७ जनाको मृत्यु भएको सीएनएनले उल्लेख गरेको छ। बुधबार पनि २२३ जनाको मृत्यु भएको थियो। त्यहाँ पछिल्लो दुई दिनमा झन्डै २० हजार संक्रमित फेला परेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकाले अत्यधिक परीक्षण गरेको हुनाले संक्रमितको संख्या धेरै भेटिएको बताएका छन्। उनले चीनले वास्तविक संक्रमितको संख्या लुकाएको आरोप पनि लगाएका छन्।

मार्चको सुरुमा अमेरिकाले आफ्ना नागरिकलाई १५ दिनका लागि सामाजिक अन्तरक्रियालाई कम गर्न आह्वान गरेको थियो। तर, त्यो निर्देशन बाध्यकारी नभइ ऐच्छिक थियो।

तर, संविधानले बाध्यकारी प्रतिबन्ध लगाउन सक्ने अधिकार सरकारलाई दिएको अधिकारीहरु बताइरहेका छन्। अहिलेसम्म अमेरिकाका २१ राज्यले आफ्ना नागरिकलाई घरैमा बस्न आग्रह गरेका छन्।

यसैबीच विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शुक्रबार बिहान २४ हजार नाघेको छ। अहिलेसम्म पाँच लाख ३१ हजारभन्दा बढी संक्रमित भएका छन्, जसमध्ये एक लाख २३ हजारभन्दा बढी निको भइसकेका छन्।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]