लकडाउनको मौका छोपेर खाद्यान्नलगायत सामग्री कालोबजारी गर्ने ११ जनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ। खाना पकाउने ग्यास, आलु, प्याजलगायतका सामग्री कालोबजारी गरेको आरोपमा प्रहरीले विहिबार उनीहरुलाई पक्राउ गरेको हो ।
अनुगमनको लागि खटेको प्रहरी टोलीले ग्यास प्रतिसिलिण्डर १७००, आलु प्रतिकेजी ६०, प्याज प्रतिकेजी ८०, ५० को रिचार्ज कार्ड ६० मा बेचिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पक्राउ परेका सबैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन्। यसअघि बुधबार प्रहरीले आलु प्याज कालोबजारी गर्ने तीनजनालाई पक्रउ गरेको थियो।