धनुषा प्रहरीले आफ्ना प्रहरी निरीक्षक अमिरकुमार दाहाल सहित तीन जनाको मृत्यु भएकाे बम विस्फोट घटनाका आरोपित गंगा मण्डल खत्वेलाई पक्राउ गरेको छ।
धनुषाधाम नगरपालिका–३ तेजनगर बस्ने खत्वे गएको ७ चैतमा घर आएको मौका पारी प्रहरीले पक्राउ गरेको हो। उनी घटना लगत्तै फरार थिए।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ मा २७ मंसीरमा भएको बम विस्फोटमा निरीक्षक दाहाल सहित मेडिकल व्यवसायी ४८ वर्षीय राजेश साह र उनका १६ वर्षीय छोरा आनन्द साहको मृत्यु भएको थियो। प्रहरीका एक जना जवानसहित ४ जना घाइते भएका थिए।
प्रहरीले घटना लगत्तै बनाएको डीएसपी रामेश्वर कार्की सहित १२ जनाको अनुसन्धान टोलीले हालसम्म ८ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ।
धनुषा प्रहरी प्रमुख एसपी रमेश बस्नेतले विस्फोटको घटनामा खत्वे सहयोगी भूमिकामा देखिएकाले पक्राउ गरिएको बताए।