About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
बैंकहरू दैनिक २ घण्टा खुला, स्थानीय तहका शाखा खुला गर्न निर्देशन

खोज केन्द्र बिहिबार, चैत्र १३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपाल बैंकर्स संघले एटीएम नभएका बैंकहरूका शाखा दैनिक २ घण्टा खुला राख्ने निर्णय गरेको छ । संघको बुधबारको निर्णय अनुसार एटीएम नभएका शाखा ११ बजेदेखि १ बजेसम्म खुला राख्न भनेको हो ।

सरकारले मंगलबारदेखि लकडाउन गरेपछि प्रविधि मैत्री विद्युतीय सेवामा जोड दिने भने पनि सेवाग्राहीलाई मध्यनजर गर्दै संघले यस्तो निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले पनि विद्युतीय कारोबारलाइ जोड दिन आग्रह गरेको भएपनि सबै सेवाग्राी त्यसको जानकारी नभएको तथा बैंकका शाखा समेत सम्पूर्ण पूर्वाधार सम्पन्न नभएको हुनाले केही शाखा खोलने निर्णय गरेको संघले जनाएको छ । संघले एटीएम भएका शाखाहरू बन्द हुने तथा एटीएममा निरन्तर सञ्चालन हुनेछ । संंघले हरेक बैंकहरूलाई एटीएममा नियमित पैसा राख्न समेत आग्रह गरेको छ ।

विषेश गरी स्थानीय तहमा भएका शाखा प्रबन्धकले जिल्ला प्रशासन कार्यालय वा स्थानीय निकायसँग समन्वय गर्ने तथा स्थानीय प्रशासनले स्वीकृति नदिए शाखा बन्द हुनेछ । शाखा कार्यालय बन्द भएका बैंकहरूले त्यहाँको शाखा प्रबन्धक र सेकेन्ड म्यानको नाम, नम्बरलगायतका विवरण सबैले देखिने ठाउँमा राख्नुपर्ने निर्णयसमेत संघले गरेको छ ।

बैंकहरूले नगदबाहेकका अन्य आकस्मिक सेवाका लागि बैंकको मूख्य कार्यालय वा तोकिएको शाखाबाट सेवा प्रदान गर्न निर्णय गर्दै बैंकहरूलाई एडभाइजरी समेत जारी गरीसकेको छ । प्रतितपत्र (एलसी), ग्यारेन्टी, ट्रजरीजस्ता सेवा मूख्य कार्यालय र तोकिएको शाखाबाट उपलब्ध हुने संघले जनाएको छ । बैंकहरूले शाखामा आउनेलाई बढिमा १ लाखभन्दा धेरै भुक्तानी नदिन भनेका छन्। नगद अभाव हुने भन्दै एक लाखभन्दा बढि नदिन भनिएको हो । पछिल्ला दिनहरूमा बैंकहरूले एटीएममा पैसा राख्नका लागि राष्ट्र बैंकवाट निक्षेप झिकिमात्रै राखेका छ ।

यसैबिच, नेपाल राष्ट्र बैकले पनि लक डाउनमा पनि सकेसम्म ग्राहकलाई सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकको नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंक तथा वित्तीय संस्थाहरूलाई स्थानीय सरकारसँग समन्वय गरेर सकेसम्म सर्वसाधारणले बैंकमा राखेको रकम झिक्न पाउने व्यवस्था मिलाउन निर्देशन जारी गरेको जानकारी दिए ।

सरकारले कोरोना भाइरसको संक्रमणवाट नागरिकलाई सुरक्षित राख्न यही चैत ११ देखि मिति १८ सम्म मुलुकभर अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिसकेको छ । यस्तो अवस्थामा सर्वसाधारणलाई नगद आवश्यक पर्ने र सोका लागि न्यूनतम बैंकिङ सेवा प्रदान गर्ने बान्छनीय भएको भन्दै सकेसम्म सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

स्थानीय तहका शाखा खुला गर्न निर्देशन

राष्ट्र बैंकले स्थानीय तहमा रहेका बैंक वित्तीय संस्थाहरुका शाखा खुला राख्न निर्देशन दिएको छ । बैंकहरुले स्थानीय तहमा रहेका शाखामा न्यूनतम कर्मचारीको प्रयोग गरी खुला गर्नुपर्ने निर्देशन राष्ट्र बैंकले दिएको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले मंगलबार देखि देशैभर लकडाउनको घोषणा गरेसँगै बुधबार केन्द्रीय बैंकले निर्देशन दिदै बैंक तथा वित्तीय संस्थाहरुलाई न्यूनतम र अत्यआवश्यक सेवा प्रदानलाइ जारी राख्न भनेको हो ।

बैंकले बैंक तथा वित्तीय संस्थालाइ विद्युतीय माधयमवाट हुने कारोबार सुनिश्चितता प्रदान गरी आफ्ना ग्राहकलाइ सकेसम्म विद्युतीय माध्यमवाट कारोबार गर्न सुचित गर्न भनेको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुद्वारा सञ्चालित एटीएम मेसिनहरुमा पर्याप्त नगद राख्ने र सोको निगरानी गर्ने व्यवस्था मिलाउन समेत केन्द्रीय बैंकले बैंक वित्तीय संस्थालाइ निर्देशन दिएको हो ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]