About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
भारतमा तीन सातासम्म पूर्ण बन्दाबन्दी घोषणा

खोज केन्द्र मंगलबार, चैत्र ११, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

भारत सरकारले तीन सातासम्म पूर्ण बन्दाबन्दी घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको सम्बोधन गर्दै २१ दिन बन्दाबन्दी घोषणा गरेका हुन् ।

बन्दाबन्दी मंगलबार राति १२ बजे लागू हुनेछ । “याद राख्नुहोस्, घरबाट बाहिर निस्कनु भनेको कोरोना जस्तो गम्भीर बिरामीको संक्रमण घरसम्म लैजानु हो”, प्रधानमन्त्री मोदीले भने ।

बन्दाबन्दी अवधिभर घरभित्रै बस्न प्रधानमन्त्री मोदीले निर्देशन दिएका छन् । यसअगाडि नै भारतका केही प्रान्त सरकारले कर्फ्यू जारी गरिसकेका छन्। कोरोनाबाट भारतमा दश जनाको मृत्यु भइसकेको छ ।

संक्रामक संख्या ५१९ पुगेको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोनाको संक्रमणबाट विश्वभर झण्डै चार लाख संक्रमित भइसकेका छन् भने १७ हजारको मृत्यु भएको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]