About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
स्थलमार्गबाट भारतबाट नेपाल भित्रीनेको संख्या बढ्यो

खोज केन्द्र आइतबार, चैत्र ०९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

कोरोना भाइरसको जोखिम फैलिएसँगै छिमेकी मुलुक भारतमा रहेका नेपालीहरू धमाधम स्वदेश फिर्ता हुन थालेका छन् । रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका नेपाली पछिल्ला केही दिनयता नेपाल फर्कने क्रम बढ्दो छ ।

सरकारले नेपाल–भारत नाकामा आवतजावत कडाइ गरे पनि शनिवार मात्रै ठूलो सख्यामा नेपालीहरू स्वदेश फर्केपछि तिनको स्वास्थ्य परीक्षण गर्न सीमामा रहेका स्वास्थ्यकर्मीलाई चुनौती बनेको थियो ।

भारतसँग जोडिएका नाकाहरूमध्ये शनिवार सबैभन्दा बढी विराटनगरको रानी नाकाबाट १८ हजार नेपाल भित्रिए । यस नाकामा स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहारामा भीड व्यवस्थापन गरिएको थियो ।

भारतीय पक्षले समेत चेकजाँच गरेर मात्रै नेपाल पठाइरहेका कारण चेकजाँच सामान्य तवरले भएको रानी नाकामा स्वास्थ्य परीक्षणमा संलग्न संजयकुमार सिंहले बताए । यसअघि शुक्रवार सोही नाकामा १७ हजार ७ सय ५० जना र बिहीवार २४ हजार १ सय १३ जनाको स्वास्थ्य परीक्षण गरिएको सिंहले बताए ।

कञ्चनपुरको गड्डाचौकीबाट १४ हजार नेपाली स्वदेश फर्किए । कोरोना संक्रमणबाट जोगिन शनिवार बिहानैदेखि गड्डाचौकी नाकामा ठूलो भीड लागेको थियो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार नेपाल प्रहरी र सशस्त्रको सहारामा भीडलाई व्यवस्थापन गरिएको थियो ।

नाकामा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी कम हुँदा शनिवार बिहान भीड अनियन्त्रित बन्न पुगेको तर दिउँसोबाट व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको खतिवडाले अभियानलाई बताए ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार बिहान कञ्चनपुरको गड्डाचौकी नाका र महेन्द्रनगरस्थित क्वारेन्टाइन स्थलको अवलोकन गरे । मुख्यमन्त्री भट्टले भारतबाट हजारौंको संख्यामा भित्रिएका नेपालीहरू र त्यहाँ राखिएका हेल्पडेक्सको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

कैलालीको गौरीफन्टाबाट एकै दिन ४ हजार र खंग्रौला नाकाबाट २ सय नेपाली भारतबाट भित्रिएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराका अनुसार गौरीफन्टाबाट भित्रिएका ३ जनामा ज्वरो देखिएपछि उनीहरूलाई अस्पतालमा पठाइएको छ ।

त्यस्तै, रूपन्देहीको सुनौली र कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपालीहरू आउने क्रम एकाएक बढेपछि सेनाको सहारा लिनुपरेको छ । सुनौली नाकाबाट १२ हजार नेपाली शनिवार मात्रै भित्रिएका छन् ।

कृष्णनगर नाकाबाट अरू बेला सामान्य रहन्थ्यो तर शनिवार मात्रै ४ हजार नेपाली सोही नाका हुँदै स्वदेश फिर्ता भएका छन् । दुवै नाकामा उच्च सतर्कता अपनाइएको र उनीहरूलाई स्वास्थ्य चेकजाँच पछि नेपाल भित्रन दिइएको छ ।

नेपाल फर्कनेको अत्यधिक चाप भएकाले जाँच प्रक्रियालाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी र स्थानीय स्वयंसेवक खटाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले अभियानलाई जानकारी दिए । उनका अनुसार, जिल्लामा रहेका मेडिकल कलेज र अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत पालो मिलाएर नाकामा खटाइएको छ ।

भारतमा कोरोना भाइरस संक्रमण बढ्दै जाँदा नेपालगञ्जको जमुनाह नाका हुँदै नेपाल भित्रिनेको संख्या बढेको छ । स्वास्थ्य परीक्षण अनिवार्य गरेको पछिल्लो ३ दिनमा जमुनाह नाकाबाट २४ हजार २३२ जना नेपालगञ्ज प्रवेश गरेका छन् ।

पर्सा जिल्लाको विभिन्न नाकाबाट ४ दिनमा ५२ हजार नेपाली भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार शनिवार मात्रै वीरगञ्ज नाका हुँदै ५ हजार नेपाली स्वोदश फिर्ता भएका छन् ।

चेकजाँचमा सशस्त्र प्रहरीको साहारा लिइएको  सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए । धनुषाका विभिन्न नाकाहरूबाट शनिवार ७४८ जना नेपाल भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी जटही र खजुरी नाकाबाट नेपालीहरू भित्रिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]